उनीसँग शंका लागिरहेको छ


म ३५ वर्षीय विवाहित पुरुष हुँ । मैले विवाह गरेको एक वर्ष पनि भएको छैन
। मेरो उचाइ ५ फिट २ इन्च तथा तौल ५८ किलो छ । मेरो लिंगको लम्बाइ ६
इन्च र मोटाइ ४ इन्च छ । मेरी श्रीमती मेरो लिंग ठूलो र लामो छ भन्छिन् ।
श्रीमतीले कतै मसँगभन्दा अगाडि अन्य पुरुषसँग सेक्स त गरेकी छैनन् भन्ने
शंका लागिरहेको छ तर मैले उनीसँग यस विषयमा सोधेको छैन । मेरो मनमा
एकदमै जलन भैरहेको छ । अब म के गरौं ?
७७६१५
मानिसलाई सानैदेखि आफ्नो अनि अरूको यौनांगका बारेमा चासो तथा
जिज्ञासा हुन्छ । किशोरावस्थामा पुगेपछि यो चासो वा जिज्ञासा
अझ बढ्छ र उसले विपरीत लिंगीको यौनांगका बारेमा सक्दो जानकारी
प्राप्त गर्ने प्रयास गर्छ । यस क्रममा ऊ यौनांग हेर्ने सक्दो प्रयास गर्छ ।
यौनांगको दर्शन उनीहरूका लागि यौन उत्तेजक पनि हुन्छ । त्यसैले पनि ऊ
त्यसलाई हेर्न लायायित हुन्छ ।
यौनांगका बारेमा जानकारी प्राप्त गर्ने स्रोत पुस्तक, साथीसंगी, चित्र
अनि चलचित्र आदि हुन् । कतिपय व्यक्तिले अन्य व्यक्तिले नुहाएको
बेलादेखि यौनसम्पर्क नै राखेको बेला यौनांग देख्ने सम्भावना हुन्छ ।
कतिपयले यौन चलचित्रको माध्यमबाट पनि यौनांग देखेका हुन्छन् । अहिले
इन्टरनेटको जमानामा यसरी यौनांगका बारेमा जानकारी लिने
अवसरलाई सजिलो मात्र भएको छैन, व्यक्तिको पहँुचको वस्तु पनि बन्न
पुगेको छ ।
यसको अर्थ के हुन्छ भने कुनै महिलाले पुरुषको यौनांगको आकार, नाप वा
स्वरूपका बारेमा थाहा पाउन कुनै पुरुषसँग यौनसम्पर्क नै राख्नुपर्ने स्थिति
पटक्कै छैन । त्यसैले श्रीमान् वा यौनसाथीको लिंगको आकार वा नापका
सम्बन्धमा कुनै प्रतिक्रिया दिनुको अर्थ उक्त महिलाले यौनसम्पर्क
राखेको छ भन्न मिल्ने कुनै आधार छैन । अर्को कुरा, कसैले कैयौं व्यक्तिसँग
यौनसम्पर्क राखेर पनि कसैको लिंगका सम्बन्धमा कुनै प्रतिक्रिया
नजनाउन सक्छन्, अर्थात् लामो–छोटो नभनिकनै यौन क्रियाकलापमा
संलग्न हुन सक्छन् ।
श्रीमतीले लिंग ठूलो र लामो छ किन भनेकी होलिन् ?
माथि नै भनिसकियो कि कुनै महिलाले श्रीमान् वा यौनसाथीको
लिंगका बारेमा थाहा पाउनु अनि कुनै प्रतिक्रिया दिनुको अर्थ
यौनसम्पर्क राखेको भन्ने बुझ्न मिल्ने कुनै आधार छैन । तपाईंको नापको
लिंगलाई संसारभरिको सालाखाला निकाल्दा लामो भन्न नमिले पनि
नेपाली सन्दर्भमा भने लामो भन्न सकिन्छ ।
हुन सक्छ, तपाईंकी श्रीमतीले कहिल्यै पुरुषको लिंग यसरी प्रत्यक्ष रूपमा
नदेख्नुभएको होस् वा उहाँलाई लिंग वास्तवमा यति ठूलो हुन्छ भन्ने कुरा
राम्रोसँग थाहा नहोस् र त्यस्तो अपेक्षा नभएकाले पनि तपाईंको
लिंगलाई ठूलो तथा लामो भन्नुभएको हुनसक्छ ।
तपाईंको समस्या ?
वैवाहिक जीवन दम्पतीको समझदारीको जगमा उभिएको हुन्छ न कि
शंकामा । शंकाले लंका सिध्याउन सक्छ । तपाईंले आफ्नी श्रीमतीको उमेर
लेख्नुभएको छैन तर तपार्इंले ३४ वर्षको उमेरमा विवाह गर्नुभएको बुझिन्छ ।
यो उमेरसम्म तपाईंले महिलाको यौनांगका बारेमा जानकारी नलिएको
वा चित्र नै नहेरेको हो कि होइन, थाहा भएन । तपाईंले कुनै महिलासँग
यौनसम्पर्क गर्नुभयो कि भएन अथवा ‘कुमार’ रहनुभयो कि भएन भन्ने कुरा
पनि थाहा भएन । एकपटक सोच्नुहोस् त, के तपाईंलाई तपाइंकी श्रीमतीले
तपाईंको विवाहपूर्वको यौनजीवनलाई लिएर शंका गर्नुभएको जस्तो
लाग्छ ? तपाईं आफू ‘कुमार’ नहरनुभएकाले पनि बढी शंका भएको हुन सक्छ ।
तपाईंको समस्या तपाईकी श्रीमती ‘अक्षत योनि’ अर्थात ‘कुमारी’
हुनुपर्छ भन्ने लागेरै बढेजस्तो छ । तपाईंलाई कतै प्रथम रात्रिमै कुनै शंका
थिएन ? वा चाहना थिएन ? तपाईंलाई योनिद्वारमा भएको झिल्ली
(योनिच्छद) च्यातिएको वा नच्यातिएको कुरालाई कुनै महिला अक्षत
योनि भएको आधार बनाउन सकिँदैन भन्ने त पक्कै थाहा होला । कसैको
कुमारपन वा कुमारीत्व यौनसम्पर्क राखेको कारणले जान्छ । अहिलेको
स्थितिमा शारीरिक परीक्षणमा योनिच्छद च्यातिएको वा
नच्यातिएको आधारमा यौन सम्पर्क राखेको वा नराखेको भन्न मिल्ने
स्थिति रहेन । यो सन्दर्भमा यौनसम्पर्क राखेको वा नराखेको कुरा
तपाईंकी श्रीमतीले भन्न सक्ने परिस्थिति छ जस्तो लाग्दैन । उहाँले
नगरेको भने पनि तपाईंले सजिलै पत्याउने स्थिति छ जस्तो लाग्दैन ।
तपाईंको कुनै पनि आधारहीन शंकाको उपचार सजिलो हुँदैन भन्ने बुझ्नु
जरुरी छ ।
के गर्ने त ?
तपाईंले शंका गर्दैमा कसैले यौनसम्पर्क राखेको र नगर्दैमा नराखेको हुने
होइन । यहाँ शंकाले तपाईंहरूको बीचमा भएको विश्वासलाई कम गर्दै
तपाईंको पारिवारिक जीवनलाई नै कमजोर बनाउँछ । तपाईं नभएको
समस्यालाई अनावश्यक रूपमा शंका गरेर समस्या बनाउँनु हुँदैछ जस्तो
देखिन्छ, जुन कुराको जानकारीले तपाईं र तपाईंको परिवारलाई राम्रो
गर्दैन भने त्यसको पछि किन लाग्नु ? किनभने तपाईंको शंकाको आधार
निकै कमजोर छ ।
तपाईले आफ्नी श्रीमतीबाट प्रशंसा पाएको ठूलो र लामो लिंगबाट
आफूले पनि यौन सुख प्राप्त गर्न अनि श्रीमतीलाई पनि यौन सुख दिनतिर
ध्यान दिनु श्रेयस्कर हुन्छ । आशा गर्छु, कुरा बुझ्नुभयो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects