अगष्टको कोपेनहेगनले काठमाडौँको डिसेम्बर नै सम्झना दिलाउँदो रहेछ ।
अझ जोड जोडले चल्ने हावा र छिन छिनमा परिरहने पानीले जाडो
दोब्बर । त्यसैले काठमाडौंमा राजनीतिका कुरा गरिएझैं यहाँ मौसमका
कुरा बढी हुँदो रहेछ । जे होस्, मान्छेले बोल्ने विषयवस्तु फेला पारिरहेकै
हुन्छन् ।
‘आज २ बजेदेखि घाम लाग्छ ।’
‘आज रियल फिल यति ।’
‘दिउँसो एक बजेदेखि घाम लाग्छ अनि फलानो ठाउँ जाने ।’
फेरि नेटमा हेरिए अनुरूपै मौसमको विवरण ठ्याक्कै मिल्ने पनि ।
यस्तै खराब मौसमबीचमा मलाई एउटा विल्कुलै सफा, शुद्ध शाकाहारी
भोजन गर्ने निम्तो आयो । यहींका एनआरएन मित्र शशी ढकालले
हामीलाई बोलाउनुभयो । मांसहारी भोजन गर्दा–गर्दा वाक्क–दिक्क
भैसकेको अवस्थामा यो निम्तोले म उत्साहित भएँ ।
छाता ओढ्दै हामी बुदिन स्टेसन पुग्यौं । मित्र त्यहीं लिन आउनुभएको
थियो । त्यहाँबाट बस समातेर हुसुम टोर्भमा ओर्लियौं । सुन्दर फ्ल्याटमा
उहाँको परिवारका सदस्यहरूसँग चिनजान गरियो ।
शशिले मेरा बारेमा केही प्रश्न गर्नुभयो ।
मैले पनि उहाँका बारेमा प्रश्न गर्नु परिस्थितिको माग थियो ।
अनेकन प्रश्न गरिएपश्चात्, एउटा एनआरएनलाई यो प्रश्न पक्कै सोधिन्थ्यो
। सोधेँ, ‘यहाँ कहिले र किन आउनुभयो ?’
‘पैसा कमाउन,’ वा ‘उच्च शिक्षा हाँसिल गर्न’ उहाँको उत्तर थिएन ।
उहाँले सुनाउनुभयो– काठमाडौं कोटेश्वर मेरो घर । म त्यहीँको रैथाने ।
मास्टर्स गरेँ । पत्रकारिताको एकवर्षे तालिम पनि लिएँ अनि सुरुमा
‘राजधानी’ भन्ने पत्रिकामा छिरेँ । मैले आईएस्सी पढेँ । त्यसपछि
ब्याचलर्स र माष्टर्स कर्मसमा गरेँ तर अन्तिममा पत्रकारिताका लागि
तालीम लिएर पत्रकारिता गर्न थालेपछि मलाई थाहा भयो, म यही
कामका लागि रहेछु । मलाई आफ्नो पेशाप्रति गर्व थियो । म आफ्नो
काममा एकदम इन्जोय गर्थें । काममा दख्खल पनि बढ्दै गयो । अवसरहरू खुल्दै
गए । नेपाल टेलिभिजनमा छिरेँ । त्यहाँ समाचार संवाददाताको हैसियतले
काम गर्दै थिएँ ।
मलाई के लाग्छ भने, मान्छे चाहे जुनसुकै पेसामा किन आबद्ध नहोस्, प्रगति
उसले सबै ठाउँमा चाहन्छ । अझ कुनै व्यक्ति आफैँ दक्ष छ भने, उसमा
त्यसैअनुरूपको प्रगति गर्ने चाहना हुन्छ । म पनि त्यस्तै थिएँ, अघि बढ्नु
थियो । मैले मिडियाका क्षेत्रमा फलाना, चिलाना जस्तो प्रगति गर्छु
भन्ने एक किसिमको अठोट लिएको थिएँ ।
त्यसबीच नेपाल टेलिभिजनले अर्को च्यानल मेट्रो टेलिभिजन खोल्यो ।
एनटिभी मेट्रो हाम्रा अघिल्तिर एउटा ठूलो अवसरका रूपमा तेर्सिएको
थियो । फेरि तपाईंलाई गफ दिएँ भन्नुहोला, त्यतिबेला त्यो च्यानलमा
त्यो बेला खुलेका पोष्टहरूमध्ये मैले इच्छाएको पोष्टमा सबैभन्दा अब्बल मै
थिएँ । जब कि धेरै पोस्ट खुलेका थिए । म एक किसिमले ढुक्क थिएँ । मैले
यत्रो वर्ष गरेको मेहनत त्यो पोस्टमा जागिर खाएर पुरा हुनेवाला थियो ।
मैले आवेदन दिएँ । टेलिभिजनमा सबै चिनेका । अन्तर्वार्ता लिन को–को
बस्छन् भन्ने पनि मलाई थाहा छ । त्यसबीच त्यतिबेला एनटिभिमै समाचार
भन्ने प्रख्यात सिनियर समाचारवाचिका, जो आफैँ पनि अन्तर्वार्तामा
बस्दै हुनुहुन्थ्यो, ले मलाई डाक्नुभयो । म उहाँलाई दिदी भन्थेँ ।
दिदीले भन्नुभयो, ‘हेर्नुस् भाइ ! हामी सबैलाई थाहा छ कि यो पोस्टमा
तपाईंको प्रतिस्पर्धा कसैसँग हुन सक्दैन तर हामी सबैजना विवश छौँ ।
माथिबाट यति धेरै प्रेसर छ कि तपाईंको हुने चान्स शून्य पनि छैन ।
सक्नुहुन्छ भने, सक्दो पावर लिएर आउनुहोस् । हाम्रो टिमले तपाईंका
लागि केही गर्न सक्दैन । पछि निराश हुनुभन्दा अहिले नै सतर्क
गराइराखेको ।’
त्यसपछि म निराश भएँ । जिएमकहाँ गएँ । आफ्नो बलबुताले भ्याउने
सबैकहाँ गएँ । सबैभन्दा सक्षम, अझ नम्बर वान दक्ष भएर पनि मैले त्यो
जागिर प्राप्त गर्न सकिनँ । पछि त्यहाँ मन्त्रीहरूका आफन्तहरू घुसे, जसलाई
शून्यजति पनि ज्ञान थिएन ।



0 comments:
Post a Comment