छालाको रोगले सताएपछि २४ वर्षीया अमेरिकन युवती टिफानी
पोस्टेरारोले आफ्नो शरीर, हात जताततै ट्याटु खोपाएकी छिन् ।
बाटोमा वा कतै जाँदा उनलाई हेर्न मानिसहरू झुम्मिन्छन् ।
छालाको रोगले सताएर कालो दाग बनाएपछि उनी तनावमा परेकी थिइन्
। उक्त दागले आफूलाई असजिलो बनाएपछि टिफानीले ट्याटु खोपाउन
थालेकी हुन् । अहिले जीउभरि ट्याटु देखेपछि उनलाई प्रश्न सोध्नेहरूले हैरान
बनाउँछन्, त्यसैले उनी ट्याटु छोप्न प्राय: बाक्लो कोट लगाउँछिन् ।
टिफानीले विभिन्न सुन्दरी प्रतियोगितामा पनि भाग लिँदै आएकी
छिन् । ट्याटु र ग्ल्यामरकै कारण विभिन्न मिडियाले उनको अन्तर्वार्ता
लिँदै आएका छन् ।



0 comments:
Post a Comment