उदियमान मोडल हुन् पूर्णिमा श्रेष्ठ । नृत्यमा विशेष दख्खल राख्ने उनले ५०
भन्दा बढी भिडियोमा मोडलिङ गरेकी छिन् भने स्टेज कार्यक्रममा पनि
सक्रिय छन् । स्वदेश एवं विदेशमा आयोजना हुने कार्यक्रममा उनको माग
बढिरहेको छ ।
अनलाइनखबरमा हरेक शुक्रवार प्रकाशित हुँदै आएको ‘सेलीब्रेटी फेशन’
स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानी :
तपाईं कत्तिको फेसनेबल हो ?
मेरो नियमित अफिस जानु पर्ने भएकाले धेरै फेशन गर्नै पाउँदिन । शनिबार
बाहेक हरेक दिन अफिसियल ड्रेस लगाउनुपर्छ ।
मन पर्ने पहिरन के-के हुन् ?
टिसर्ट पाइन्ट नै मन पर्छ ।
लुगा किन्दा के-के कुरामा ध्यान दिनुहुन्छ ? ब्राण्डमा ध्यान
दिनुहुन्छ कि हुन्न ?
आफुलाई कस्तो लुगा सुहाउँछ, त्यसैमा ध्यान दिन्छु । यहि ब्राण्ड
चाहिन्छ भन्ने छैन । हामीले जहाँ लुगा किन्छौं त्यहाँ क्वालिटीकै कपडा
पाइने भएकाले खासै तनाव छैन ।
बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
म प्रायः बाजरमा डुलिरहने भएकाले अरुले लगाएको डे्रस हेरेर पनि थाहा
हुन्छ । पत्रपत्रिका पढेर र टेलिभिजन हेरेर पनि फेसनको बारेमा जानकारी
लिन्छु ।
विदेशी सेलिबि्रटीको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ?
त्यस्तो नक्कल गर्दिन । अहिलेसम्म कसैले पनि नक्कल गरेको छैन ।
तपाईंलाई कस्तो रंगको लुगा सुहाउँछ ?
मेरो स्पेशल कलर गुलाबी हो । पहेँलो पनि सुहाउँछ ।
सारी लगाउन कत्तिको मन पर्छ ?
मन पर्छ । तर, सारी लाउन पनि अलि बढी नै समय लाग्ने भएकाले
आक्कलझुक्कल मात्रै लगाउँछु ।
छोटा लुगामा रुची छ कि छैन ? मिनिस्कर्ट लगाउनु भएको छ ?
मलाई मिनिस्कर्टप्रति रुची नै छैन । फेरि नियमित अफिस जान पर्ने
भएपछि कहिले लगाएर हिँड्नु ?
औपचारिक पोशाक कत्तिको लगाउनुहुन्छ ?
विशेष कार्यक्रमहरुमा मात्रै लगाउँछु ।
लुगाको सपिङ प्राय कहाँ गर्नुहुन्छ ?
यहीँ भन्ने छैन, अस्ती भर्खर पिपल्स प्लाजामा गएर किनेँ । कहिले
काठमाडौ महलमा जान्छु । प्राय न्युरोडतिरै हुन्छ ।
भित्री वस्त्र खरिद कहाँ खरिद गर्नुहुन्छ ? लाज लाग्छ कि लाग्दैन ?
मैले नियमित किन्ने गरेको एउटा पसल छ प्राय त्यहि किन्छु । म अलि
लजालु नै छु ।
लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
पसलमा बस्ने मान्छेको ब्यबहार हेरेर कुरा गर्छु । अलिकति कुरा गर्ने
बित्तिकै थाहा हुन्छ यो कस्तो खालको मान्छे हो भन्ने । मलाई चित्त
बुझेन भने वास्तै नगरी छोडेर हिँड्छु ।
बजारमा लुगा छान्न कति समय लाग्छ ?
यति नै भन्ने छैन । आफुलाई मन परेको लुगा भेटियो भने पाँचै मिनेटमा पनि
हुन्छ । अन्यथा १०/१५ मिनेट पनि लाग्न सक्छ ।
लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?
बहिनी, भाइ र कहिलेकाँही अरु साथीहरुलाई पनि लिएर जान्छु ।
आफूलाई बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
बहिनी र भाइका लागि किनिदिन्छु ।
तपाईंको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
मलाई त लाग्छ सारी भन्दा ग्ल्यामरस डे्रस अरु छँदैछैन । सभ्यमा पनि सबै
भन्दा सभ्य सारी नै हो, ग्ल्यामरस पनि मज्जाले देखिन्छ ।
लुगा आइरन आफैं गर्नुहुन्छ कि अरुले गर्छन् ?
म आफैं गर्छु ।
विदेशमा जाँदा कस्ता लुगा किन्नुहुन्छ ? कुन देशमा लुगा किन्न मन
पर्छ ?
विदेशमा प्रायः बढी नै महंगो हुन्छ । तर, विदेशमा यही लुगा किन्ने भन्ने
हुन्न । किनकी अहिले जुनसुकै देशमा पाईने लुगा नेपालमा पनि पाईन्छ ।



0 comments:
Post a Comment