नायिका रेखा थापाले आफ्नो नयाँ प्रोजेक्ट चलचित्र ‘रामप्यारी’को
छायांकन सुरु गरेकी छिन् । शुक्रबार चलचित्रको शुभसाइत गर्दै छायांकन
प्रारम्भ गरिएको हो ।
सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रलाई रेखाको होम प्रोडक्शन रेखा
थापा फिल्मस्ले निर्माण गर्नेछ । चलचित्र छायांकनको सुरुवातमा रेखा
थापा, आभाष अधिकारी र आश्मा डीसी उपस्थित थिए । चलचित्रमा
नायक सविन श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन
संविधान घोषणा भएसँगै काठमाण्डौ बाहिरका हेटौडा, चितवन
लगायतका शहरमा पनि गरिनेछ ।
ट्याम्पु ड्राइभर महिलाको कथामा बन्न लागेको चलचित्रबाट रेखाका
दिदीका छोरा आभाष अधिकारी चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।
चलचित्र चैत्र २६ गतेबाट देशभर चल्नेछ । रेखा यो चलचित्रमा ट्याम्पु
ड्राइभर महिलाको भूमिकामा देखिनेछिन् ।
यो बर्षको सुरुवातबाट छायांकनमा लगेर दशैमा प्रदर्शन गर्ने रेखाको
योजना भुकम्पका कारण विफल भएको थियो ।



0 comments:
Post a Comment