दिपीका भइन् मिस यूथ नेपाल


‘मिस यूथ नेपाल–२०१५’ को उपाधी हरिसिद्धी, ललितपुरकी दीपिका केसीले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा दीपिकाले बेस्ट फिजिक्सको टाइटल एवार्ड समेत जित्न सफल भइन् । डिएभी कलेज अफ म्यानेज्मेन्टमा बिबिए अध्ययरत केसीले उपाधि जित्ने क्रममा ३० जना प्रतिस्पर्धिहरुलाई निराश बनाएकी हुन् । उपाधिसहित दीपिकाले हिराजडित क्राउनका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन् ।
प्रतियोगितामा भैंसेपाटी, ललितपुरकी पूजा भेटवालले फस्ट रनर्स अपको उपाधि जित्न सफल भइन् । लिटिल एञ्जल कलेजमा अध्ययरत पूजाले मोस्ट कन्फिडेन्सको टाइटल एवार्ड पनि आफ्नै पक्षमा पारिन् । पूजा सन् २०१० मा सम्पन्न वराह ज्वेलरी क्वीनकी विजेता समेत हुन् । सतुंगल, काठमाडौंकी प्रेरणा खनालले सेकेण्ड रनर्स अपको उपाधिमा चित्त बुझाइन् । प्रेरणाले मोस्ट क्रियटिभ एवार्ड पनि जितिन् । ट्रिक मिडियाले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गरेकी थिइन् । पूर्वमन्त्री बद्री न्यौपाने, गायक सिताराम पोखरेल, निर्माता प्रदीपकुमार उदय, पत्रकार भरत शाक्य, नायिका नन्दिता केसी, सरीता लामिछाने, संगीतकार शान्तिराम राई आदि व्यक्तित्व सम्मिलित निर्णायक मण्डलीले विजेताको छनोट गरेको हो ।
प्रतियोगितामा भूमिका राजवंशीले मोस्ट पपुलर तथा भ्युअर्स च्वाइस गरी दुई वटा टाइटल एवार्ड जित्न सफल भइन् । अन्य टाइटल एवार्ड अन्तर्गत मेरिना राईले मोस्ट ट्यालेन्ट, आस्था श्रेष्ठले व्युटि विद पर्पस, सब्रीना डंगोलले सोसियल्ली रेस्पोन्सिवल, उरिना श्रेष्ठले मिस क्याटवाक र बेस्ट हेयर, सुष्मिता तामाङले फेसबुक च्वाइस र मोस्ट एक्टिभ, अर्पणा ढकालले मोस्ट फोटोजेनिक, रोजिनी अमात्यले बेस्ट स्किन, सीमा लामाले मोस्ट ब्युटिफूल आइज, निष्ता श्रेष्ठले मोस्ट डिसिप्लिन, किरण अवस्थीले सोसियल वेलफेयर एम्बासडर, स्मृती श्रेष्ठले बेस्ट आर्ट वर्क, निलिशा सिग्देलले बेस्ट स्पिच, समीरा थापाले बेस्ट पर्सनालिटी, रुषा कुँवरले बेस्ट फिटनेस, अञ्जना सुनुवारले मोस्ट फ्रेण्डली, ओलिभा महर्जनले मोस्ट चार्मिङ, गरिमा शर्माले मोस्ट व्युटिफूल, निशा खड्काले मिस कन्जेनियालिटी, कृतिका लामाले फेसन आइकन, अदिती पोखरेलले मोस्ट इन्टेलेक्चुअल, श्रद्धा लामाले म्यानेज्मेन्ट च्वाइस एवार्ड, निकिता बोहोराले मोस्ट पर्फेक्ट, रीतिका केसीले ब्युटि विद रेस्पोन्सिबिलीटि, प्रविणा सिवाकोटीले मोस्ट डिजर्भिङ तथा रुबी महर्जनले मोस्ट पङ्चुअलको टाइटल एवार्ड जित्न सफल भएका थिए । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects