हामी उठ्ने छौंमा पूजा छनोट


भाद्र ३१, २०७२- 
नेपालमा गएको भूकम्पमा घरवारविहीन भएकाहरूलाई सहयोग गर्ने विश्वव्यापी अभियान हामी उठ्ने छौंको हङकङमा हुने कार्यक्रमका लागि नयाँ प्रतिभाका रूपमा तनहुँ  दुलेगौडाकी १२ वर्षीया पूजा रानामगर छनोट भएकी छिन् । 
अभियानमा आवेदन दिएका करिब १ सय सहभागीमध्ये उत्कृष्टता प्रस्तुत गरेर स्थानीय अरनिको हायर सेकेन्डरी स्कुलमा कक्षा ७ मा अध्ययनरत पूजा छनोट भएकी हुन् । हङकङ र नेपालका निर्णायकहरूले प्रतिस्पर्धी भिडियोमा देखाइएको मौलिकतालाई मुख्य आधार मानेका थिए । निर्णायकहरूले सानो उमेरमै पर्याप्त सम्भावना देखाएका कारण पूजालाई छनोट गरेको जनाएका छन् ।
९ वर्षको उमेरदेखिनै नृत्यको प्रशिक्षण लिन थालेकी पूजाले असोज १४ गते हङकङमा हुने कार्यक्रममा म त नेपालकी छोरी... गीतमा नृत्य प्रस्तुत गर्ने छिन् । आयोजक समितिले उनलाई नृत्यको थप प्रशिक्षण लिने व्यवस्था मिलाएको छ । पूजालाई नेपाली चलचित्रका नृत्य निर्देशक कमल राईले अभ्यास गराउने छन् । 
तनहँुमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेस बाल सौन्दर्य प्रतियोगितामा विजेता भैसकेकी पूजाले पश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता प्रतिभाको आँगनमामा पहिलो स्थान हात पारेकी थिइन् । पूजाले दुईवटा चलचित्र रजश्वला र सुराकमा बालकलाकारका रूपमा अभियन गरेकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects