आश्विन १२, २०७२-
सोमबार सम्पन्न ‘मिस टिन कलेज २०१५’ नामक सौन्दर्य प्रतियोगितामा लिटिल एन्जल्स कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षिया कुसुम थापा मगरले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा १७ जना किशोरीहरु उपाधि दौडमा सहभागि थिए । फेसबुक च्वाइस अवार्ड पनि आफ्नो नाममा सुरक्षित राख्न सफल कुसुमले विजेताको रुपमा अन्य विभिन्न उपहार सहित महेन्द्रा स्कुटर मुख्य उपहार स्वरुप प्राप्त गरेकी छिन् । सिजन मिडियाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १८ वर्षिया आसियाना अधिकारी फस्ट रनर अप तथा १७ वर्षिया रिजा महर्जन सेकेन्ड रनर अप विजेता चयन भएका थिए । आशियानाले भियोर च्वाइस तथा रिजाले क्याटवाक विधाको अवार्ड पनि हात पार्न सफल भएका थिए ।




0 comments:
Post a Comment