साडीको विकल्पमा गाउन


आश्विन १२, २०७२-
सीता भट्टराई, सार्थक फेसन बुटिक, चावहिल
आधुनिक पहिरन गाउन आजभोलि नेपालका सहरी महिलाहरूबीच लोकप्रिय छ । खासगरी झन्झटिलो मानिने साडीको विकल्पका रूपमा देखा परेको गाउन क्याजुअल र पार्टी जस्ता सबै अवसरका लागि उपयुक्त छ । गाउनका विषयमा डिजाइनर सीता भट्टराईसँग गरिएको कुराकानी :
गाउन कस्तो पहिरन हो ?
लगाउन सजिलो हुने आकर्षक पहिरन हो । अहिलेका महिलाहरू शरीरको बनावटअनुरूपका पहिरन रुचाउँछन् । गाउनले महिलाहरूको यस्तो रुचिलाई सही सेप दिन्छ भने व्यक्तित्वमा थप निखारसमेत ल्याउँछ ।
गाउन रुचाउने समूह कुन हो ?
युवतीहरू गाउनप्रति निकै क्रेजी छन् । विवाहित महिलाहरू पनि गाउनप्रति आकर्षित देखिन्छन् । खासगरी १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका महिलाहरूमा गाउन बढी लोकप्रिय छ ।
गाउन रुचाइनुको कारण के होला ?
यो युरोपेली पहिरन हो । गाउन लगाउँदा आफूलाई सुन्दर देखाउन सकिने भएकाले पनि यसको प्रभाव देखिएको हो ।
कस्ता डिजाइनका गाउन रुचाइन्छन् ?
फर्मल र स्लिम ट्रिम देखिने छोटो गाउनप्रति किशोरीहरूको विशेष आकर्षण छ भने लामा गाउनले रोयल लुक्स दिने हुँदा पाका महिलाहरू पनि यसप्रति आकर्षित छन् ।
गाउनको ट्रेन्ड आएको कति भयो ?
गाउनको फेसन फस्टाएको ४ वर्षजति भयो । गाउनको फेसन नेपालमा लामो समयसम्म रहने सम्भावना छ ।
यो पहिरन कत्तिको खर्चिलो छ ?
गाउनको मूल्य कस्तो अवसरका लागि तयार पारिएको भन्ने कुरामा भर पर्छ । सामान्यदेखि उत्कृष्ट जुनसुकै गाउनलाई पनि खर्चिलो भन्न मिल्दैन । गाउनको डिजाइनमा गरिने मेहनतअनुसार त्यसको मूल्य तय गरिन्छ

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects