महिनावारीमा बढी रक्तश्राव हुन्छ


- डा. बालकृष्ण साह
आश्विन १२, २०७२- म २५ वर्षीया गृहिणी हुँ । मेरा दुई सन्तान छन् । मेरो महिनावारी नियमित छ । यद्यपि विगत पाँच महिनादेखि महिनावारीको समयमा बढी रक्तश्राव हुन्छ । महिनावारीमा दैनिक ५–६ वटा प्याड फेर्नुपर्छ । रगत पनि ६–७ दिन जान्छ । मैले के गर्ने होला ?
आर.
महिना–महिना दिनको अन्तरमा हुने रक्तश्राव नै महिनावारी हो र सामान्यत: यो २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिनसम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत खेर जान सक्छ अर्थात् ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ, तर उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ ।
यस्तो अवस्थामा धेरै रगत खेर जाने भएकाले उपचार आवश्यक हुन्छ । मेनोरेजियाका कारण अनेकन भएकाले आवश्यक परीक्षणहरू गर्नुपर्ने हुन सक्छ । धेरै अवस्थामा औषधिको सेवनबाटै यसलाई ठीक गर्न सकिन्छ । कुनै–कुनै अवस्था वा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । यो अवस्थामा कसै–कसैलाई परिवार नियोजनका अस्थायी साधन (खाने चक्की) ले पनि फाइदा पुर्याउँछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects