विराटनगरमा सम्पन्न पूर्वाञ्चल कलेज प्रिन्सेस–२०७१ को ताज आफ्नो शिरमा सजिएपछि सुस्मिता बस्नेत पूर्वाञ्चलको मोडलिङमा काम गर्न सके भविष्य उज्ज्वल रहेको बताउन थालेकी छिन् ।
५ फिट ६ इन्च अग्ली सुस्मिता स्वास्थ्यकर्मी भएकाले स्वास्थ्यक्षेत्रमा पनि सघर्ष गर्दै अघि बढ्दैछिन् । ‘ठूला मान्छेले पनि केही गर्न नसकेका बेला स्वास्थ्यक्षेत्रमा केही गरेर समाजको आइडल बन्न चाहन्छु,’ सुस्मिता भन्छिन् । अहिलेसम्म ब्वाइफ्रेन्ड नभएको दाबी गर्ने सुस्मिता मौसमअनुसार पहिरन लगाउँछिन् । वानपिस, क्याजुयल र साडी उनलाई मनपर्ने पहिरन हुन् ।




0 comments:
Post a Comment