सन्नीको फिटनेस रहस्य


अभिनेत्री सन्नी लियोनीले आफ्नो फिटनेस डिभिडी ‘सुपरहट सन्नी मर्निङ्स’ सार्वजनिक गरेकी छिन् । मलाडको इनरबिट मलमा आयोजित उक्त कार्यक्रममा सन्नी आफ्ना श्रीमान् डेनियर वेबरका साथ उपस्थित थिइन् ।
त्यहाँ उनले आफ्नो आकर्षक शारिरिक सौन्दर्यको रहस्य पनि सेयर गरिन् । फेसन डिजाइनर विधि वाधवानीको ब्लुआउट फिटमा देखिएकी सन्नीले उक्त अवसरमा आफ्ना आलोचकलाई मुखभरीको जवाफ पनि फर्काइन् । ‘मेरा बारेमा मानिसहरू कुरा काट्छन्, जुन कुरा थाहा पाउँदा मलाई साह्रै आनन्द लाग्छ,’ कन्ट्रोभर्सी क्विन राखी सावन्तले आफ्ना बारेमा दिइरहेको विवादित बयानतर्फ इंगित गर्दै उनले बताइन् ।
सन्नीलाई ब्यान्ड गर्नुपर्ने राखीको प्रस्ताव थियो, यस विषयमा पत्रकारहरूले सन्नीको प्रतिक्रिया लिन चाहेका थिए । ‘मैले यो कुरा सोचेर खुसी हुनुपर्छ, किनभने कम्तीमा मानिसहरू मेरा बारेमा कुरा गर्छन्,’ सन्नीले भनिन्– ‘मेरो आसपासमा धेरै सकारात्मक सोचका मानिसहरू छन्, जसले मलाई सधैं खुसी राख्छन् ।’ डिभिडी लन्चका क्रममा सन्नीले प्रियंका चोपडा र ऋत्विक रोशनको फिटनेसले आफूलाई प्रभावित तुल्याएको बताइन् । सन्नीका अनुसार अहिले सबै बलिउड सेलेब्स फिटनेसको मामिलामा सचेत छन् । सकारात्मक सोच फिटनेसको पहिलो मन्त्र भएको उनको भनाइ छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects