प्रेम परियारको एउटा हराएको गीत


एउटा गरिब केटोलाई राजमार्गमा गीत गाउँदै माग्दै हिंडिरहेको बखत
चलचित्रकर्मी शिशिर राणा उनको गायन प्रतिभाबाट प्रभावित
भएपछि काठमाडौं लिएर आए, संगीतकार बसन्त सापकोटालाई भेटाए ।
चलचित्र ‘नाइँ नभन्नु ल’को ‘मर्ने कसैलाई रहर हुँदैन’ तथा शिर्षगीतबाट
उनको ख्याति एकाएक बढ्यो । सानो उमेरमै त्यो केटो अर्थात गायक प्रेम
परियार अहिले गायन क्षेत्रमा ‘स्टार’ भएका छन् । कैयन विदेशी मूलुकहरु
पनि घुमिसके ।
उनले पछिल्लो पटक यति धेरै गीत गाए कि संभवत: उनलाई नै सम्झन गाह्रो
हुन्छ होला । संगीतकार सन्तोष श्रेष्ठले केही समयअघि आमाको
सम्झनामा उनलाई एउटा मर्मस्पर्शी गीत गाउन लगाएका थिए । कसैको
घरमा काम गरि बसेकी एउटी बाल श्रमिकको वेदनालाई गीतकार
परिक्षद सेन ठकुरीले रचेका थिए । त्यही गीतका प्रेमले स्वर भरेका थिए ।
ठकुरीकै निर्देशनमा तयार भैसकेको लघु चलचित्र ‘अकिंचन’मा उक्त
गीतलाई समेटिएको छ । नीर शाह, दिलिप रायमाझी जस्ता स्थापित
कलाकारहरुको अभिनय रहेको लघु चलचित्र ‘अकिंचन’को ‘तिमीलाई
थाहा छ नि आमा’ बोलको उक्त गीत कता–कता हिन्दी गीत ‘तुझको
पता है ना माँ’ संग मिलेको जस्तो लागे पनि परिवेश, संगीत र गायनका
हिसाबले प्रेम परियारले गाएर पनि ओझेलमा परेको यो गीतले पाउनु पर्ने
जति चर्चा पाएन

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects