एन भोग–२०१५ फेसन शो

होटल र्याडिसनको ठूलो हलमा आकर्षक र्याम्प तयार पारिएको थियो । हाउस अफ फेसनले आयोजना गर्न लागेको एउटा भब्य फेसन शोका लागि ब्याकस्टेजमा मोडलहरू आकर्षक पहिरनमा सजिएका थिए । साँझ ८ बजेपछि प्रारम्भ भएको ‘एन भोग–२०१५’ फेसन शोमा महिला तथा पुरुष मोडलहरूले एकपछि अर्को गर्दै विभिन्न पहिरन प्रदर्शन गरे । क्याजुअल, फर्मल, इभिनिङ गाउनसहितका पहिरनमा प्रस्तुत भएका मोडलहरूलाई कोरियोग्राफर ओसिमा बानुले आकर्षक क्याटवाक गर्न सिकाएकी थिइन् । अञ्जली लामा र सिपोरा गुरुङले शोजस्टपरको भूमिका निर्वाह गरेको उक्त फेसन शोमा अर्पणा उपाध्याय तथा आयुष्मान देशराज श्रेष्ठले फेस अफ एओएफको उपाधि जिते ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects