पप गायिका लेडी गागा आफ्ना अजब गजबका स्टाइलका कारण सधैं
चर्चामा रहन्छिन् । उनका कतिपय क्रियाकलाप आमतवरमा अश्लील पनि
हुन्छन्, तर पनि गागाका प्रशंसकहरूमाझ उत्तिकै क्रेज पनि छ । गागा केही
दिनअघि स्वीडेनमा भारतीय पहिरनमा देखिइन् । गागा त्यहाँ भारतीय
फेसन डिजाइनर फाल्गुनी तथा शेन पिकाकले बनाएको ह्वाइट डे्रसमा
देखिएकी थिइन् । उक्त पहिरनमा बस्टियर क्रपटपका साथमा सियर स्कर्ट
छ । यो ड्रेस डिजाइनर्सहरूको लेटेस्ट कलेक्सनमा थियो, जसलाई पछिल्लो
महिनामात्र न्युयोर्क फेसन विकमा प्रस्तुत गरिएको बताइन्छ ।



0 comments:
Post a Comment