‘तँ म र उ’ लाई यू सर्टिफिकेट

आश्विन १३, २०७२- चलचित्र ‘तँ म र उ’ लाई चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने प्रमाण पत्र अर्थात युनिभर्सल (यू) सर्टिफिकेट दिएको छ । चलचित्रका निर्माता तथा अभिनेता सुदिन प्रसाईंका अनुसार केही समयपछि नै चलचित्रको दर्शन मिति तय गरिने छ ।
श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र केही समयअघि मलेसियाका आधा दर्जनबढी शहरमा च्यारिटी शो गरिएको छ । सुदिन प्रसाईको लेखन तथा प्रस्तुति समेत रहेको यो चलचित्रमा नीता ढुङ्गाना, आमेश भण्डारी, सुदिन प्रसाई, कविन्द्रराज पुरी, दिनेश डि.सी., प्रभाकर श्रेष्ठ, अन्जना आर.सी., पुर्णीमा क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् । जोमसोम, कागबेनी , मुक्तिनाथ र काठमाडौमा छायांकन गरिएको यो चलचित्र लछु गौतमले निर्देशन गरेकी हुन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects