मिस्टर एण्ड मिस राजधानीको ट्यालेन्ट


शनिबार काठमाडौंमा सम्पन्न हुने ‘मिस्टर राजधानी–२०१५’ तथा ‘मिस राजधानी–२०१५’ का प्रतिस्पर्धीहरूले गत शनिबार आफ्नो प्रतिभा प्रदर्शन गरे । एक्सपोज नेपालले एउटै प्रेक्षालयमा आयोजना गर्ने यी दुई भिन्न प्रतियोगिताका प्रतिस्पर्धीहरूले ट्यालेन्ट शोमार्फत लोक तथा आधुनिक नृत्य, गायन, अभिनय, उद्घोषण, चित्रकला आदि विधामार्फत प्रतिभा प्रदर्शन गरेका थिए ।
मिस्टर नेपाल–२०१४ सुरज चिलवाल, मिस्टर नेपाल–२०१५ सन्दीप पोखरेल, अभिनेता प्रदीप बास्तोला, भिडियो जक्की आशिष अर्याल, कोरियोग्राफर सुजलजंग केसी, निर्देशक अनिल संगौला आदि सम्मिलित निर्णायक मण्डलले प्रतिस्पर्धीहरूको प्रतिभाको मूल्यांकन गरेको थियो । ‘मिस राजधानी–२०१५’ मा १५ देखि १९ वर्ष उमेर समुहका १८ जना युवतीले भाग लिएका छन् भने ‘मिस्टर राजधानी–२०१५’ मा पनि १५ वर्षदेखि १९ वर्ष उमेर समुहका २५ युवा प्रतिस्पर्धामा छन् । प्रतियोगिताका क्रममा सहभागीहरूलाई स्वीमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, गु्रमिङ, मेकअप, ड्रेसवेयरजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको छ । यो प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा राष्ट्रिय नाचघरमा सम्पन्न हुँदैछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects