विद्यार्थी कालमा प्राय प्रथम हुन्थे झापा पाँचगाँछीका टंक
बुढाथोकी । अभिभावकको सपना थियो छोरो डाक्टर बनोस् ।
प्रवेशिकापछि अभिभावकको चाहना अनुरुप विज्ञान पढ्न ९ वर्षअघि
काठमाडां छिरेका टंकमा संगीतको नशा थियो ।
अभिवावकको चाहना बमोजिम डाक्टर भएको भए टंकले शारीरिक रुपमा
पीडितहरुको उपचार गर्थे होलान् । तर, उनले रोजे संगीतको बाटो ।
संगीतको माध्यमबाट लाखौं घाइते मनहरुलाई उपचार गराइरहेका छन् ।
नेपाली चलचित्र ‘जञ्जिर’को ‘किन गाह्रो-गाह्रो हुन्छ’ बोलको
गीतबाट टंकले चलचित्रमा संगीत भर्न थालेका हुन् । रेखा थापाको
ब्यानरमा बनेको चलचित्र ‘हिम्मतवाली’को ‘काली तिम्रो नजरैले’ गीतले
उनको चर्चा चले पनि यो स्थानसम्म आउन टंकले धेरै संघर्ष गरेका छन् । उनले
गाएका अन्य गीतहरुमा चलचित्र ‘हवल्दार सुन्तली’को ‘घन्टी बज्यो’
लगायत छन् ।
साङ्गीतिक यात्रा सुरु गर्दा टंकले राजवंशी भाषाका एल्बमहरु निकाले ।
दुर्गा राजवंशीले रचना गरेको राजवंशी भाषाका ५ वटा एल्बम उनले
बजारमा ल्याइसकेका छन् । ‘अभिभावकको इच्छा डाक्टर थियो, तर
समयले मलाई संगीतमा तान्यो,’ उनले भने ।
बुढाथोकीले पछिल्लोपटक एउटा दसैं गीत सार्वजनिक गरेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा केही राम्रा गीतहरुमा संगीत गरिरहेका
बुढाथोकीले आफ्नै शब्दमा संगीत भरेको उक्त गीतको म्युजिक भिडियो
पनि सार्वजनिक भएको छ ।
उक्त गीतमा सरु गाैतमले टंकलाई साथ दिएकी छिन् । तिर्सना म्युजिक
प्रालिको ब्यानरमा सार्वजनिक भएको अडियोमा अर्जुन कार्की र
अमृता नेपालले पनि शब्द तथा संगीत रचनामा सहकार्य गरेको टंकले बताए ।
शंकर वीसीले निर्देशन गरेको भिडियोमा नीता ढुंगाना, रश्मी तामाङ,
महेन्द्र गौतमको साथमा वीसीकै मोडलिङ छ ।



0 comments:
Post a Comment