काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरेपछि मुलुक ठप्प भएपनि
नेपाली र अंग्रेजी सिनेमालाई भने प्रत्यक्ष फाईदा पुगेको छ ।
काठमाडौवाट राम्रै पैसा लिएर जाने हिन्दी फिल्म बन्द भएपछि अंग्रेजी
फिल्मले त्यसको प्रत्यक्ष फाईदा उठाएका छन् । हिन्दी फिल्म हेर्ने
दर्शकले अंग्रेजी फिल्म हेरेर मनोरञ्जन लिन थालेका छन् ।
यदी नेपाल भारत सम्बन्ध राम्रो भएको भए आजको मितिमा अक्षय
कुमार अभिनित ‘सिंह इज ब्लीग’ रिलिज हुन्थ्यो । पछिल्लो घटनाले
हिन्दी फिल्मलाई नेपाल रिलिजमा बन्देज लगाएको छ ।
त्यसकारण आजदेखि काठमाडौंमा दुई हलिउड फिल्म रिलिज हुने भएका
छन् । ‘ब्ल्याक मास’ र ‘मेज रनरः द स्क्रोच ट्रायल्स’ ।
जोनी डीप अभिनित ‘ब्ल्याक मास’ ले अमेरिकी बक्स अफिसमा राम्रै
गरिरहेको छ । क्राइम जनरमा राखिएको यस फिल्मको निर्देशन स्कट
कुपरले गरेका हुन् ।
वेस वल निर्देशित ‘मेज रनरः स्क्रोच ट्रायल्स’ मा डीलन ओ ब्रेन मुख्य
भूमिकामा छन् । यसले खतरनाक दौडको कथा भन्छ ।
अघिल्लो हप्ता चलेको हाईवे टु धुम्पुस, एभरेष्ट, वडा नम्बर छ र चंखे पंखेले
निरन्तरता पाउने भएका छन् । यसअघी मोफसलमा प्रदर्शन भएको कामचोर
शुक्रवारदेखि काठमाडौंका केही हलमा प्रदर्शन हुने भएको छ । फिल्म
रिलिज गर्ने भन्दै टेम्पुको स्टिकर टाँस्दै हिंडेको डेष्टीनेशन काठमाडौंले
अन्तिमम सयमा रिलिज नगर्ने योजना बनाएपछि वडा नम्बर छ र चंखे
पंखेलाई प्रत्यक्ष फाइदा हुने भएको छ ।



0 comments:
Post a Comment