दसैंमा सेल, छुट र उपहार


‘खसी किन्दा दाम्लो उपहार, भैंसी किन्दा पाडो उपहार !’ वर्तमान बजार रणनीति र उपभोक्ताको मनोवृत्तिलाई उजागर गर्छ, यो ठट्यौलीले । खासगरी दसैं–तिहारजस्ता चाडपर्वलाई छोपेर विक्रेताले थरीथरीका ‘अफर’ सार्वजनिक गर्छन् । यो मौकालाई हत्तपत्त उम्काउन चाहँदैनन्, उपभोक्ता पनि । त्यसैले त किनमेलका लागि ‘दसैं पर्खने’ चलन स्थापित हुँदै गएको छ ।  जसै दसैं नजिकिन्छ, सेल, छुट, उपहार र थरीथरीका अफरले बजार चलायमान बन्छ । लत्ताकपडा र खाद्यान्नको कुरा छाडौं, होम अप्लाइन्सका सामग्रीदेखि सवारी साधनसम्म जोड्ने यो राम्रो साइत बन्छ । यतिबेला दरबारमार्गका ब्रान्डेड शोरुम पुगौं वा इन्द्रचोकको गल्ली, जताततै ‘सेल’को बजार छाएको देख्न पाइन्छ ।  आमनेपालीले यसलाई ‘राम्रो लगाउने’ पर्वका रूपमा आत्मसात् गरेका छन् । त्यसैले यतिबेला लत्ताकपडाको कारोबार उत्कर्षमा पुग्छ । लत्ताकपडा र खाद्यान्नको कुरा छाडौं, नयाँ टेलिभिजन हेर्ने र नयाँ मोबाइल बोक्ने रहर पनि यही बेला पूरा गर्छन् नेपालीहरू । यो घरमा फ्रिज, वासिङ मसिन, माइक्रो ओभन जोड्नेदेखि, कार, मोटरसाइकलसम्म खरिद गर्ने अपूर्व अवसर हो ।  यसले प्रतिस्पर्धात्मक बजारमा विक्रेतालाई ‘कोभन्दा को कम’को शैलीमा प्रस्तुत हुन करै लाग्छ । त्यसैले त उनीहरूले आफ्नो उत्पादन/सामग्रीको खरिदमा यस्तो अफर ल्याउन चाहन्छन््, जसले उपभोक्ताहरूलाई लोभ्याउने सामथ्र्य राख्छ ।  ‘पाडो किन्दा भैंसी उपहार’कै शैलीमा कतिपय कम्पनी/उत्पादनले ‘दसैं अफर’ सार्वजनिक गरेका छन् । जस्तो सामसुङले स्मार्टफोनको खरिदमा ‘हुन्डाईको कार’ वम्पर उपहार दिने भएको छ । यता, सपिङ सेन्टरहरूमा छुटै रौनक छ । अधिकांश सपिङ सेन्टरले दसैं अफरअन्तर्गत विभिन्न सामग्रीको खरिदमा विशेष छुटको व्यवस्था मिलाएका छन् ।  दरबारमार्ग, पुल्चोक, पुतलीसडकदेखि विभिन्न मलको ब्रान्डेड आउटलेट ‘सेलमय’ भएका छन् । ब्रान्डेड लत्ताकपडाको खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । यता न्युरोडदेखि इन्द्रचोक, असनसम्मका बजार पनि सेल र छुटले रंगिएका छन् । होम अप्लाइन्सका सामग्रीदेखि अटोमोबाइलसम्मले लोभलाग्दो ‘दसैं अफर’ ल्याएका छन् ।  राजधानीका आधा दर्जनभन्दा बढी मलमा पनि दसैं मेला सुरु भएको छ । यतिबेला मलहरूले उपभोक्तालाई मनोरञ्जनका साथै विशेष छुटमा किनमेलको अवसर प्रदान गरेका छन् । सुन्धारास्थित सिभिल मलमा गएको शनिवारदेखि दसैं मेला लागेको मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्यहाँ व्रान्डेड, नन ब्रान्डेड पहिरनका १ सयभन्दा बढी आउटलेट छन् । ती सबै आउटलेटले आकर्षक छुटको व्यवस्था गरेको उनले बताए । ‘किनमेल गर्न आउनेका निम्ति अतिरिक्त मनोरञ्जनको व्यवस्था गरिएको छ,’ अमिर भन्छन् । त्यहाँ एक हजार रुपैयाँभन्दा बढीको कारोबार गर्नेमध्येबाट वम्पर उपहार स्वरुप यामाहाको बाइक प्रदान गरिनेछ । त्यसबाहेक सामसुङको स्मार्टफोन, आर्सीको हीराको नेकलेस पनि उपहारमा प्राप्त गर्न सकिनेछ ।  उता, चावहिलको चुच्चेपाटीस्थित केएल टावरमा इभेन्ट नेपालले दसैं विशेष कार्यक्रम अन्र्तगत ‘फिफा–२०१५’ को भर्चुअल प्रतियोगिता सुरु गर्दैछ । एन गेमर्सले आयोजना गर्ने यो प्रतियोगितासँगै केएल टावरलाई दसैंको रौनकले छोप्नेछ । यहाँ दिनहुँजसो कन्र्सट, बी बोइङ तथा फेसन शोहरू सञ्चालन गरिने बजार प्रबन्धक हीरामणि तिमल्सिनाले बताए । त्यसबाहेक यहाँ कुनै पनि सामानको खरिदमा २० प्रतिशतसम्म छुट पाइन्छ ।  केएल टावरमा १ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्ने उपभोत्ताले विभिन्न उपहारसमेत प्राप्त गर्न सक्छन् जसको बम्पर उपहारमा १ सय २५ सीसीको सुजुकीको बाइक पनि छ । त्यसैगरी स्कुटर र बैंकक ट्रिपको अफर समेत सार्वजनिक गरिएको छ ।  भर्खरै खुलेको ललितपुर मलमा दसैं मेला लाग्दैछ । त्यहाँ लताकपडा, घडी तथा मोबाइलका झन्डै तीन दर्जन आउलेट छन् । दसैंको अवसरमा १ हजारभन्दा वढीको कारोबार गर्ने उपभोक्तामध्येबाट प्रत्येक दिन एक जनालाई स्मार्टफोन उपहार प्रदान गरिन्छ । दरबारमार्गको राइजिङ मल, सुन्धाराको काठमाडौं मल, पानीपोखरीको सिटी सेन्टर, त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टर आदि पनि दसैं अफर तथा छुटले रंगिएका छन्

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects