छोरीपछि छोराको पालो

बलिउडमा अभिनेता सलमान खान र सुनिल सेठ्ठीबीचको मित्रतालाई उदाहरणीय मानिन्छ । असल साथी भएकैले सलमानले सुनिलकी छोरी अथियालाई आफ्नो ब्यानरको चलचित्रबाट लन्च गरे । अब सलमानले सुनिलका छोरा अहानलाई पनि आफ्नो ब्यानरबाटै बलिउडमा लन्च गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । केही अघि एक फिटनेस च्यानलको उद्घाटनका क्रममा सलमानले उक्त घोषणा गरेका हुन् । कार्यक्रमका दौरान दुवैले एक–अर्काको फिटनेसको खुलेर प्रशंसा गरेका थिए । सुनिलले हालै एक अन्तर्वार्ताका क्रममा अथिया पछि छोरा अहानलाई पनि लन्च गर्ने जिम्मेवारी सलमानलाई सुम्पिएको बताएका थिए । यस विषयमा सलमानसँग जिज्ञासा राख्दा उनले उक्त जिम्मेवारी आफूले लिएको कुरा स्वीकार गरे । यद्यपि सलमानले अहानलाई कहिले लन्च गर्छन् भन्ने विषयमा केहि बोल्न चाहेनन् । सलमानले आफ्नो प्रोडक्सन हाउसको चलचित्र हिरोमा सुनिलकी छोरीलाई इन्ट्री गराएका थिए । उक्त चलचित्रले सफल व्यापार गर्दै अथियालाई बलिउडमा स्थापित गर्न सफल भएको विश्लेषकहरू बताउँछन् । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects