कालिका एफएम म्युजिक

  चितवन स्थित कालिका एफएमले आफ्नो वार्षिक उत्सवका अवसरमा आयोजना गरेको ११ औं कालिका एफएम म्युजिक एवार्डमा चलचीत्र ‘रेशम फिलिली’ले दुईवटा एवार्ड हात पारेको छ । मंगलबार भएको एवार्ड वितरणमा ‘जालमा..’ गीत वर्षको सर्वोकृष्ट गीत घोषित भयो । युगल गायनमा रेशम फिलिलीको ‘जालमा ..’ गीतबाटै गायक कालिप्रसाद बाँस्कोटा र गायिका सोमिया बराइलीले एवार्ड हात पारे । सर्वोकृष्ट आधुनिक गायकमा प्रमोद खरेल र महिला आधुनिक गायिकामा मिलन अमात्यले एवार्ड जिते । सर्वोकृष्ट आधुनिक गीततर्फको संगीतकारमा राजकुमार बगर र आधुनिक गीत रचनातर्फ दीपिका रिमाल थापाले एवार्ड थापे । चलचित्रको पुरुष गायनतर्फ ‘हवल्दार सुन्तली’को ‘डोला डोला..’ बाट युवराज चौलागार्इं र महिला गायनमा ‘नाइँ नभन्नु ल–३’ को ‘तिमि मेरो जिन्दगी..’ बाट रजिना रिमालले एवार्ड पाए ।  चलचीत्रको संगीतकारतर्फ ‘स्टुपिड मन’ बाट अर्जुन पोखरेल तथा चलचित्रतर्फकै सर्वोकृष्ट गीत रचनामा ‘कोहिनूर’ को ‘के म तिम्रो होइन र ..’ बाट डा. कृष्णहरि बराल एवार्ड जित्न सफल भए । कार्यक्रममा लाइभ टाइम एचिभमेन्ट एवार्ड वरिष्ठ संगीतकर्मी अम्बर गुरुङलाई प्रदान गरियो । त्यस्तै कार्यक्रममा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाललाई दोसल्ला एवं सम्मानपत्रले सम्मान गरिएको थियो । उक्त अवसरमा पप पुरुष गायकतर्फ कमल क्षेत्री र महिलातर्फ प्राश्ना शाक्यले एवार्ड पाए भने सर्वोकृष्ट पपगीत संगीतकारमा कमल खत्री र पपगीत रचनाकारतर्फ सुनिल गिरीले एवार्ड थापे । सर्वोकृष्ट पप ब्यान्डमा द युनिटी र सर्वोकृष्ट संगीत संयोजनमा राजन इसानले एवार्ड पाए । नवगायकमा ‘तिमीबाहेक...’ गीतबाट फिरोज बस्नेत र सर्वोकृष्ट गजलमा ‘आफ्नै जिन्दगी...’ बाट प्रमोद खरेल र शिव परियारले एवार्ड प्राप्त गरे । राष्ट्रिय गीतमा ‘यो देशका लागि..’ बाट भुवन प्यासी र सर्वोकृष्ट म्युजिक भिडियोमा ‘तीनढिके फुली..’ बाट भूषण दाहालले एवार्ड पाए ।  लोकदोहोरीतर्फ सर्वोकृष्ट पुरुष गायकमा ‘ढाड दुखेर...’ गीतबाट पशुपति शर्मा तथा महिला गायकतर्फ राधिका हमाल ‘झोर्ले...’ गीतबाट एवार्डको हकदार बने । सर्वोकृष्ट लय संकलकका रूपमा ‘झुम्काना ..’ गीतबाट रामजी खाँण र सर्वोकृष्ट लोकदोहोरीशब्द तर्फ ‘उस्तै उस्तै कथा..’ बाट शिव हमालले एवार्ड पाए । स्थानीय लोकदोहोरी कलाकारका रूपमा सावित्री जोशी र पप गायकमा अञ्जान डल्लाकोटी पुरस्कृत भए । कार्यक्रममा राधिका हमाल, रामजी खाँण, हिमाल सागर, मिलन अमात्य, कमल क्षत्री, युवराज चौलागाईं, साहिमा श्रेष्ठ, रजिना रिमाल, भुवन प्यासी तथा कालिप्रसाद बाँस्कोटाले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects