दसैंका बेला प्रशस्त दाना ख्वाएर खसीबोका बिक्री गरिन्छ । त्यसैले डम्म पेट
भरिएका खसीबोका किन्नु हुदैंन ।
– खसीबोका वध गर्नुअघि थोरै पानी ख्वाउनुपर्छ । यसो गर्दा अन्न र घाँसपात पाचन
प्रक्रियामा जाँदा उत्पन्न हुने विषाक्तता खसीबोकाको शरीरवाट बाहिरिन्छ ।
– पशु स्वस्थ हुनुपर्छ । त्यस्तै वध गर्ने स्थान पनि सफा र कीटाणुरहित हुनुपर्छ ।
– मासु काट्ने हातहतियार तथा पानी सफा हुनुपर्छ ।
– खसीबोकाको गाढा रातो, कस्सिएको, घना रेशायुक्त, छाला तथा मृगौलामा प्रशस्त बोसो भएको, बोसो
निख्खर सेतो, कडा एकनासे तथा छुँदा टुक्रा पर्ने मासु स्वस्थकर हुन्छ ।
– बंगुरको मासु कैलो, सेतो, रेसा मिहिन, प्रशस्त बोसै बोसो भएको, बोसो गाढा सेतो, मिहिन दानादार र नरम
हुनुपर्छ ।
– कुखुराको मासु खरिद गर्दा रेसा अलि रातो भएको, वोसो रहित हुनुपर्छ ।
– दसैंमा खरिद गरिने मासु स्वस्थकर हुनुपर्छ । सफा स्थानमा वध गरिएको स्वस्थ पशुको मासु मात्र खरिद
गर्नुपर्छ ।



0 comments:
Post a Comment