सुटिङमा जोन अब्राहम घाईते


मुम्बई । अभिनेता जोन अब्राहम हिन्दी फिल्म ‘फोर्स-२’ को सुटिङको क्रममा घाईते भएका छन् ।
द्धन्द्धको दृष्यमा अभिनय गर्ने क्रममा जोनको दाँया खुट्टा फ्याक्चर भएको थियो । तत्कालै
उनको अप्रेशन गरिएको थियो ।
जोन घाईते भएको सन्देश फेशबुकवाट सार्वजनिक भएपछि उनको स्वास्थ्यलाभको कामना गर्दै
फ्यानहरुले स्टाटस पोष्ट गरेका छन् । जोनले लेखेका छन् ‘शुभकामनाका लागि धन्यवाद । आशा छ म
चाँडै सेटमा फर्किन्छु ।’
केही दिनदेखि जोन ‘फोर्स-२’ को सुटिङमा ब्यस्त थिए । अहिले स्वास्थ्यलाभ गरिरहेका जोन
सक्दो चाँडो सुटिङमा फर्किने तयारीमा छन् । किनकी जोनको अरु कुनै फिल्म छैन अहिले ।
यस फिल्ममा जोनको साथमा सोनाक्षी सिन्हा, ताहिरराज भसीनको पनि मुख्य भुमिका
रहेको छ । फिल्मको निर्देशन अभिनय देबले गरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects