अनाथ बालबालिकालाई स्वेतको सहयोग घोषणा


तीन वर्षअघि स्थापना भएर अनाथ र अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिईरहेको
संस्था घर आँगन नेपालमा नायिका स्वेता खड्का र गायक तथा नायक  प्रशान्त तामाङ पुगेका छन्
। काठमाडौंको चण्डोलमा रहेको यो संस्थामा हाल १५ जना बालबालिका आश्रति छन् ।
संस्थाको अवलोकन गरेपछि नायिका खड्काले आफु लामो समयदेखि सामाजिक क्षेत्रमा रहेकाले
घर आँगनलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् । ‘म पहिल्यैदेखि नै धेरै सामाजिक काममा
संलग्न हुँदै आएको थिएँ र अझै पनि छु, तर म मिडियामा नआउनु त्यो भिन्नै कुरा हो, म यहाँ आएर सबै
बच्चाहरु हेर्दा एकदमै माया लागिरहेको छ, भित्रदेखि नै दुःख लागिरहेको छ,’झण्डै एक वर्ष अघि
पति श्रीकृष्ण र केही समय अघि सासु गुमाएकी स्वेताले भनिन्, ‘मैले पनि दशैं मान्नुहुँदैन, त्यो कुरा
सबैलाई थाहा छ, भूकम्पका कारण सबैलाई दुःख भएकोले पनि मलाई दशैं मान्ने इच्छा थिएन ।’
उनले आफु दशैंमा लण्डनमा जाने र त्यहाँ चलचित्र ‘कोहिनूर’को च्यारिटी शो गर्ने बताईन् । ‘उनले
भनिन्,-‘ हामीले लण्डनमा चार, पाँचवटा च्यारिटी गर्दैछौं । त्यहाँको च्यारिटीबाट जति रकम
उठ्छ,सबै रकम म यहाँ ल्याएर हस्तान्तरण गर्न चाहन्छु ।’ संस्थाका सञ्चालक दीपक सिलवालले
गायक प्रशान्तले पनि संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए । ‘म दशैंमा
बालबालिकाहरुलाई दशैं मनाउनका लागि खानेकुराको सहयोग गर्नेछु, ‘प्रशान्तको भनाई उदृत गर्दै
दीपकले भने,’मौका मिल्यो भने सबैजनालाई मेरो रिलिज हुन लागेको चलचित्र ‘परदेशी’ पनि
हेराउनेछु ।’
प्रशान्त र स्वेताले बालबालिकामाझ दुई घण्टा बिताएका थिए । त्यहाँ प्रशान्तले कार्तिक ३
गतेबाट रिलिज हुन लागेको चलचित्र ‘परदेशी’को ‘कुरा खाटी हो’ र ‘गोर्खा पल्टन’को शीर्ष गीत
गाएका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects