कमेडी चलचित्र गर्न चाहन्छन् प्रशान्त, दयाहाङ र प्रियंका मनपर्ने कलाकार


‘तेश्रो इन्डियन आइडियल’ प्रशान्त तामाङले आफू नायक दयाहाङ राइको ठूलो फ्यान
भएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै तामाङले भने-‘सायद मेरो अनुहार सिरियस
भएर होला, सबैले गम्भिर खालको भूमिकामा अफर गर्नुहुन्छ । तर, मलाई कमेडी चलचित्र
गर्न मन लाग्छ ।’
प्रशान्तले आफूले दयाहाङको चलचित्र हेर्ने गरेको बताउँदै कमेडी चलचित्रको अफर आएको
खण्डमा गर्ने बताए । आफूले अभिनय गरेका चलचित्र चलेपनि नचलेपनि आफूले भने मिहिनेत
खुबै गर्ने गरेको उनको भनाई थियो ।
प्रशान्तले आफूले राम्रो कर्म गर्दै जाने बताउँदै फ्यान घट्ने र बढ्ने कुरालाई स्विकार गरेका
छन् । उनले आफूलाई नायिकामा भने प्रियंका कार्की मनपर्ने बताए । नायिका कार्की
आफैमा नृत्य निर्देशक पनि भएको भन्दै उनले उनको अभिनय पनि मनपर्ने बताए । चलचित्र
क्षेत्र एउटा मनोरञ्जनको क्षेत्र भएको बताउँदै उनले गायकबाट नायक भएर आफूले गल्ती
नगरेको पनि बताए ।
उनले भने-‘म गायकबाट नायक भएर गल्ती भयो भन्ने लाग्दैन । मनोरञ्जन क्षेत्रमा आएपछि
हरेक कुराहरु सिक्नुपर्छ ।’ उनले आफूले सिक्न पाएकाले अभिनय पनि गरिरहेको बताए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects