केएल टावरमा नीलडेभिडको सेलून


आश्विन १८, २०७२-
सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटुवालले आफ्नो सेलूनको छैठौं
शाखाको रुपमा चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो
तल्लामा ‘नील डेभिड्स युनिसेक्स सेलुन’ सञ्चालनमा ल्याएका छन् ।
नेपालमा रहेका मध्येको कटुवालको यो छैठौं सेलुनको सोमबार अभिनेत्री
करिश्मा मानन्धरले शुभारम्भ गरेकी छिन् । शुभारम्भ कार्यक्रममा
नायिका नन्दिता केसी, हास्य अभिनेता निर्मल शर्मा, दीपाश्री
निरौला, गायक सिताराम पोखरेल, उद्योगपति राजेन्द्र
खेतानलगायतको सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा हेयर स्टाइलिष्ट डेभिडले कलाकारहरुका लागि
चलचित्रको पात्र सुहाउँदो हेयर स्टायल सेवा दिँदै आएको तथा आगामी
दिनमा यसलाई अझ जोड दिने बताए । उद्योगपति राजेन्द्र खेतानले हेयर
स्टायलको क्षेत्रमा नीलडेभिडको प्रवेशसँगै नेपाली युवाको हेयर स्टायल
परिवर्तन भएको र अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेको चर्चा गरे भने निर्मल
शर्माले हलिउड बलिउडमा हेयर स्टाइलिष्ट भनेर सुन्दै आए पनि नेपालमा
हेयर स्टाइलिष्ट भनेकै नीलडेभिड भनेर चिनेको उल्लेख गरे । नन्दिता तथा
दीपाश्रीले हेयर स्टाइल र यसमा नीलको योगदानको चर्चा गरे भने प्रमुख
अतिथी अभिनेत्री करिश्मा मानन्धरले नेपाली युवाको यस्तै प्रतिभाले
नेपाललाई समुन्नत बनाउने धारणा राख्दै निरन्तर सफलताका लागि
शुभकामना दिइन् ।
महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउँदो तवरले केश सजावट (हेयर
स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम
ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा
प्रशिक्षण उपलब्ध छ । यो सेलुनमा नीलडेभिडको अघिल्ला सलुनमा जस्तै
वातानुकुलित शान्त, सौम्य र वातावरणमा कपालको सौन्दर्यसँग
सम्बन्धित सेवाहरु उपलब्ध छन् ।
झापा लक्ष्मीपुर कन्काई नगरपालिकाका नीलडेभिडले विश्वका धेरै
देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर
हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका छन् । नेपालको पहिलो
अन्तराष्ट्रिय मान्यताप्राप्त हेयर स्टाइलिष्ट नीलले २००८ मा आँखामा
पट्टी बाँधेर २५ मिनेटमा ५ विभिन्न हेयर कट गरी किर्तीमानसमेत कायम
गरेका थिए । नीलडेभिडले सन् २००६ मा सुन्धराको काठमाडौं मलमा नील
डेभिड्स हेयर एण्ड व्युटि सलुन सञ्चालनमा ल्याएका थिए । त्यसपछि
काठमाडौमा ३, विराटनगरमा १, झापामा १ गरी ५ सेलुन तथा हेयर
स्टाइलसम्बन्धि प्रशिक्षण दिने २ एकेडेमी सञ्चालन गरिरहेका छन् । उनले
भारतमा समेत ५ सेलुन र १ एकेडेमी १ सञ्चालन गरिरहेका छन् । निकट
भविष्यमै नयाँ वानेश्वर र इटहरीमा समेत सलुन र एकेडेमी सञ्चालनमा
ल्याइने नीलले बताएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects