प्रशिक्षणमा रनवे मोडलका प्रतिस्पर्धिहरु

आश्विन १८, २०७२-  

असोज २८ गते काठमाडौंमा सञ्चालन हुने सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल–२०१५’ मा छनौट भएका महिला तथा पुरुषहरु मोडलहरु यसै सातादेखि प्रशिक्षणमा व्यस्त भएका छ । विभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती प्रशिक्षणमा सहभागि भएका हुन् । 
अन्तराष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पफमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो सुट ट्रेनिङ आदि विषयमा प्रशिक्षण दिइने आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताएकी छिन् । ‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्य यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक दावी छ । फेसन तथा मोडलिङ क्षेत्रमा विगत १० वर्षदेखि कोरियोग्राफरको रुपमा सक्रिय लामिछानेले आफूले हासिल गरेको अनुभव प्रतियोगितामार्फत प्रस्तुत गर्न लागेको बताइन् । स्कुल तथा कलेजमा सिक्न नपाएका व्यवहारिक ज्ञान समावेश भएको प्रशिक्षणले आफ्नो व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने धारणा अधिकांश प्रतिस्पर्धिहरुको छ । कोरियोग्राफर सुजलजंग केसीले प्रतिस्पर्धिहरुलाई क्याटवाटसहितका विधामा प्रशिक्षण दिइरहेका छन् । प्रतियोगिताका विजेतालाई नगद राशीसहित विभिन्न चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनमा अवसर प्रदान गरिने आयोजकको तयारी छ । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects