सविता भइन् मिसेस नेपाल ईन्टरनेशनल


पाँचथरकी सविता लामिछानेले काठमाडौंमा सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा 'मिसेस
नेपाल इन्टरनेशनल–२०१५' को उपाधि जितेकी छिन् । सविताले १७ जना
प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उनले वेष्ट पर्सनालिटी
तथा वेष्ट स्पीचको शीर्षक एवार्ड समेत जितिन् ।
रिवन इन्टरटेनमेन्टले आयोजना गरेको यो प्रतियोगितामा रीती बरालले फष्ट रनर्सअपका
साथ मिसेस ट्यालेण्ट तथा परिकल्पना राईले सेकेण्ड रनर्सअपका साथै मोष्ट क्रियटिभ र भ्युअर्स च्वाईस
एवार्ड जित्न सफल भइन् । विजेता श्रेष्ठ थर्डले रनर्सअपका साथ वेष्ट हेयर तथा व्युटी विथ
पर्पस र स्मीता पाण्डे फोर्थ रनर्सअपका साथमा मोष्ट फ्रेण्डली
शीर्षकको एवार्डमा चित्त बुझाएका छन् ।
निर्देशक नारायण पुरी, अभिनेता रेश मरहट्ठा, अभिनेत्री सरिता लामिछाने र नन्दिता
केसी तथा बैंकर्स अनिता प्रधान निर्णायक मण्डलमा रहेको यो प्रतियोगितामा सुमन तामाङ भेटवालले
मोष्ट पपुलर शीर्षकको उपाधी जित्न सफल भइन् । गीत, नृत्य र
हास्यव्यग्य प्रस्तुतिका साथ सम्पन्न उक्त प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाको
गरेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects