गायक डम्बर नेपालीले गाएको नयाँ गीत ‘जंगे’ को म्युजिक भिडियोलाई दर्शकले मन
पराएका छन् । पछिल्लो समयमा सार्वजनिक उनको चौथो गीतिसंग्रह ‘मेरो’ मा समाविष्ट ‘कि जंगे
जेलमा कि जंगे रेलमा’ शीर्षकको उक्त गीत र म्युजिक भिडियो दुवै उत्कृष्ट बनेकाले
दर्शकले रुचाएका हुन् । ८ वटा गीत समावेश भएको गीतिसंग्रहका अन्य
गीतका म्युजिक भिडियो पनि दर्शकमाझ ल्याउने तयारीमा रहेको डम्बरले बताए ।
‘केही फरक किसिमका गीत–संगीत गीतिसंग्रह ‘मेरो’ मा छन्’
डम्बरले साप्ताहिकसँग भने- ‘श्रोता दर्शकले यो एल्बमका सबै गीत मनपराउनुहुन्छ भन्ने
अपेक्षा राखेको छु ।’ गीत जंगेको म्युजिक भिडियोलाई प्रकाश आङ्दाम्बेले निर्देशन गरेका हुन् भने
अर्जुन तिवारीले छायांकन र प्रविन श्रेष्ठ (मोक्ष) ले सम्पादन गरेका हुन् । गीतको
शब्द संगीत डम्बरको हो । डम्बरले हालसम्म गाएका प्राय सबै गीतले दर्शक
श्रोताको माया पाएका छन् । अन्तिम पल्ट भेट्न आउ, आज आकाशमा, तिम्रो पाउजु बजेर, कि छाड उसलाई कि
मार मलाई, बिग्रेको मान्छेको भत्केको घर लगायत उनका हिट नम्बर हुन् । उक्त संग्रहमा समावेश
रक्सी नखाई निन्द्रा लाग्दैन गीतको अडियो संस्करणलाई पनि युट्युबमा दर्शक श्रोताले
उत्तिकै रुचाएका छन् ।



0 comments:
Post a Comment