नायक प्रदीपको कुरा काट्दै नायिका


चलचित्र ‘अधकट्टी’को चर्चित गीत ‘तिम्रो फिगर कोकाकोला’बाट
चर्चामा आएकी नायिका अशिष्मा नकर्मीलाई ‘फिगर कोकाकोला
गर्ल’ का रूपमा पनि चिनिन थालिएको छ । अशिष्मासँग गीतमा नाचेका
नायक प्रदीप बास्तोलासँग चलचित्र ‘अधकट्टी’को छायांकनका क्रममा
घनिष्ठता बढेको बताउने अशिष्मा प्रदीपलाई आफ्नो मिल्ने साथी
मान्छिन् । छायांकनका क्रममा भएको रमाइलोका कारण पनि प्रदीप र
अशिष्माबीच घनिष्ठता बढेको हो । कात्तिक ३ गते प्रदर्शनमा आउने
चलचित्र ‘अधकट्टी’को निर्माणका क्रममा प्रदीपका बारेमा थाहा
पाएका खराब र असल कुराहरू सम्झँदै अशिष्माले उनको कुरा यसरी काटिन
:
असल बाइट्स
हँसिलो : जस्तोसुकै परिस्थितिमा पनि हाँसिरहने उनको स्वभाव मलाई
मन पर्छ ।
गायन र संगीत : मेरो परिवारिक पृष्ठभूमि गीत–संगीतको भएकाले मलाई
गीत र संगीतमा रुचि छ । चलचित्र कलिउडमा संगीत दिइसकेका प्रदीप
पनि राम्रो गीत गाउँछन् ।
चकलेटी मुहार : कहिलेकाहीँ चलचित्रमा नायक हुनकै लागि भगवान्ले
प्रदीपलाई चकलेटी बनाएर धर्तीमा पठाएका होलान् जस्तो लाग्छ ।
राम्रो नृत्य : अभ्यास गरेको खण्डमा जस्तो नृत्य पनि गर्न सक्छु भन्ने
लगनशीलता उनमा छ र उनी असल नृत्यकलाकार पनि हुन् ।
स्वभाविक अभिनय : निर्देशकले बताएभन्दा केही थप गरेर क्यामेरा सामु
आफ्नो अभिनय कला देखाउने उनको शैली राम्रो लाग्छ ।
खराब बाइट्स
हेलचक्रयाई : प्रदीप कलाको खानी हुन्, तर उनले त्यही कुरालाई
सिरियस्ली लिएका छैनन् ।
अम्मल : स्वास्थ्यलाई हानि हुने किसिमको अम्मल उनमा छ, त्यो बानी
छाडे निकै माथि पुग्न सक्छन् ।
बढी बोल्ने : जहाँ जति चाहिने हो, त्यति बोले पुग्नेमा अलि बढी
बोल्छन् र अघि बसेकाहरू दिक्क भएको महसुस गर्दैनन् ।
राति डुल्ने : साथीहरूको संगत गर्नु राम्रो हो, तर रातभरि सहरका रेस्टुराँ
डुल्दा आफैंलाई हानी हुन्छ । करियरमा बढी ध्यान दिनुपर्छ ।
बालापन : उमेर बढे पनि उनको बालापन अझै सकिएको छैन जस्तो लाग्छ
। प्लिज डन्ट माइन्ड है प्रदीप ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects