पियुष र भुमिका भए मिस्टर एण्ड मिस राजधानी



काठमाडौंमा सम्पन्न दुई भिन्न शीर्षकका सौन्दर्य प्रतियोगितामा
भूमिका खड्काले मिस राजधानी–२०१५ तथा पियुष कर्णले ‘मिस्टर
राजधानी–२०१५’ को उपाधी जितेका छन् । एक्सपोज नेपालले आयोजना
गरेको प्रतियोगितामा भूमिकाले नगद राशीसहितको मुकुट जित्ने
क्रममा १७ जना प्रतिस्पर्धीहरुलाई निराश पारेकी थिइन् भने पियुषले २४
प्रतिस्पर्धिलाई पाखा लगाएका थिए । दुबै विजेताले पुरस्कारका रुपमा
चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्न पाउने अवसर समेत
पाएका छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मिस
राजधानीतर्फ सिजु सिंह ठकुरीले फस्र्ट रनर्स अप तथा आष्मा केसीले
सेकेन्ड रनर्स अपको उपाधी जित्न सफल भए भने मिस्टर राजधानीतर्फ
मौसम अधिकारीले फस्ट रनर्स अप तथा मधुसुदनध्वज कार्कीले सेकेण्ड रनर्स
अपको उपाधी जिते । युवा–युवतीको प्रतिभालाई प्रोत्साहन गर्नुका
साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले आयोजना गरिएको
प्रतियोगिताअघि प्रतिस्पर्धिहरुलाई मास्वमिङ, फुटबल, रक
क्लाइसम्बङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास,
पब्लिक स्पिकिङ, गु्रमिङ, मेकअप, ड्रेसवेयर आदि विधामा प्रशिक्षण
दिइएको थियो । अभिनेता रेश मरहठ्ठा, अधिवक्ता कृष्ण कुमार, द्वन्द्व
निर्देशक राजेन्द्र खड्गी, अभिनेत्री सरिता लामिछाने, समाजसेवी मोहन
बस्नेत, मोडल जानवी केसी तथा निर्देशक अनिल संग्रौला
प्रतियोगिताको निर्णायकको रुपमा रहेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects