योजनाको ‘सान्नानी’ र नविनको ‘हरेक जातजाती’ सार्वजनिक


गायिका योजना पुरीले ‘सान्नानी भन्छन् कोही मलाई’ बोलको गीतको भिडियो
सार्वजनिक गरेकी छिन् । फराज अर्पणले निर्देशन गरेको भिडियोमा बर्षा राउत र संकल्प
श्रेष्ठको मोडलिङ छ । गीतमा एक यूवतीलाई अरुले विभिन्न नामले बोलाउने कुरा समावेश
छ । योजनाले छोटो समयमै भिडियोले चर्चा पाएकोमा खुशी व्यक्त गरिन् ।
यस्तै, लोक गायक नविन पौडेलले पनि ‘हरेक जातजाती’ बोलको फरक शैलीको गीत
सार्वजनिक गरेका छन् । शिवम् पोख्रेलको निर्देशन रहेको भिडियोमा विभिन्न
कलाकारले अभिनय गरेका छन् । गीतले राष्ट्रियताको कुरा पनि उल्लेख गरेको छ ।
नविनकै शब्द र संगीत गीतमा छ । कल्पना खनालले नविनलाई गीत गाउन साथ दिएकी छिन्
। अहिलेको अवस्थामा राष्ट्रियताको भावना हरेक नेपालीमा उत्पन्न हुन जरुरी छ ।
नविनले यो गीतले यसमा अझै साथ दिने विश्वास व्यक्त गरे ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects