‘साथीभाइले तिर्ने हो भने २५ लाख लिनु छ’ : निर्मल शर्मा’गैंडा’


हाँस्य टेलिश्रृङखला ‘तीतो सत्य’ वाट चर्चामा आएका हुन् निर्मल शर्मा । चलचित्र
निर्माता समेत रहेका शर्मा ‘तीतो सत्य’ बन्नु अघि पनि अभिनयमा सक्रिय थिए । तर,
चर्चामा ल्यायो ‘तीतो सत्य’ले ।
चलचित्र, सिरियल र विज्ञापनमा अभिनय गरेका शर्मा पछिल्लो समय निर्देशनमा
सक्रिय छन् । ‘चकलेट र ब्रासलेट’ दुई चलचित्रको सुटिङ सकाइएका निर्मल अहिले नयाँ
चलचित्रको लेखनमा ब्यस्त छन् । प्रस्तुत छ निर्मलका ‘पाँच गोग्य कुरा’ उनको आफ्नै
शब्दमा :
१. मलाई बैठक कोठाको काम अरुले गरेको चित्तै बुझ्दैन । तन्ना, सोफा र पर्दाहरु मिलाउने
काम म आफैं गर्छु । आफु बस्ने र आफु वरिपरिको ठाउँ शुद्ध राख्नुपर्छ भन्ने सानैदेखि परेको
थियो । त्यसकारण म फुर्सदको बेला घर पनि आफैं पुच्छु ।
२. म प्राय खाट वा पलङमा सुत्दिन । मलाई पलङमा भन्दा भुईमा सुत्दा बढी आनन्द आउछ ।
भुईमा सुत्दा शरीरले पनि बढी आराम पाउछ । भुइमा सुत्दा जिउ पुरै तन्किए जस्तो लाग्छ ।
३. हरेक विहान तरकारी र दुध किन्ने ठेक्का मेरो आफ्नै हो । मलाई कुनै पनि खाने कुरा
नमिठो लाग्दैन । तर, म श्रीमती र बाबुहरुको रोजाई अनुसारको तरकारी किन्छु ।
४. दुई वर्ष लगाएर ११ किलो घटाँए । अहिले ९६ किलोको छु, अझै ७ किलो घटाउने
योजनामा छु । दुई वर्ष भयो जेरी, स्वारी, लालमोहन, पेडा खाएको छैन । रातो मासु खान
छाडें । तेलको अभाव वा अरु कुनै खालको अवरोध हुँदा माक्स लगाएर पब्लिक गाडीमा
हिड्ने गरेको छु । अहिले पनि माक्स लगाएर पब्लिक गाडिमै हिडिरहेको छु ।
५ मेरा साथीभाईले खाजा खाएको तिर्ने र सापटी लगेको पैसा फर्काउने हो भने मेरो
हातमा २५ लाख रुपैंया जम्मा हुन्छ । मेरो बुझाईमा ८ लाख रुपैया नउठ्ने पक्का छ । खाजा
खाएर पैसा नतिर्नेहरु मध्ये कतिले त देशै छाडीसके ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects