चलचित्र क्षेत्रमा डेब्यू गर्न अनमोललाई रोजिन् श्रृष्टीले


तिहारपछि पूर्ण रुपमा छायांकनमा जाने तयारी गर्दै निर्देशक हेमराज वीसीले चलचित्र
‘गाजलु’ बनाउने तयारी गरेका छन् । गाजलुको १ दिनको छायांकन भने दशै अगाडि नै
गरिनेछ । इन्द्रजात्राको दिनमा केही दृश्य खिच्ने तयारी गरेपनि त्यसको छायांकन हुन
सकेन ।
यो चलचित्रमा हेमराजका मनपर्ने नायक अनमोल केसीको मुख्य भूमिका रहनेछ । साथमा
यो चलचित्रमा नायक सलोन बस्नेतले पनि अभिनय गर्नेछन् । अनमोल र सलोनले यअसघि
चलचित्र ‘होस्टेल’बाट एकसाथ यो क्षेत्रमा डेब्यू गरेका थिए, जसको निर्देशन पनि
हेमराजले नै गरेका थिए । अनमोल र सलोन नै फाप्ने देखेर हेमराजले आफ्नै लगानी रहने
चलचित्र ‘गाजलु’मा यी कलाकारलाई लिन लागेका हुन् ।
चलचित्रमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ पनि मुख्य भूमिकामा रहनेछिन् । श्रृष्टीले डेब्यू
गर्न लागेकाले पनि यो चलचित्र उनका लागि विशेष देखिन्छ । चलचित्र क्षेत्रमा श्रृष्टी
आउनुपर्छ भन्ने आवाजहरु पनि धेरै सुनिएका थिए । केही म्यूजिक भिडियोमा देखिएपछि
श्रृष्टीले यो चलचित्रमा काम गर्न लागेकी हुन् ।
यसअघि ‘होस्टेल र जेरी’ जस्ता सफल चलचित्र बनाइसकेकाले पनि हेमराज वीसीको यो
लभस्टोरी चलचित्र छायांकनमा जानु अगाडि नै चर्चामा छ । युवा पुस्तामाझ
अनमोलको क्रेज खुबै छ । साथमा श्रृष्टीले पनि एउटा गतिलो छाप मिस नेपाल भएसँगै
छाडेकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects