काठमाडौं । गायक सिताराम पोख्रेलले जन्मदिनको खुशीयाली पोखराको बाटुले
चौरस्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका बालबालिकासँग साटेका छन् ।
अक्टोवर ४ तारिखमा विराटनगरमा जन्मिएका सितारामले कठिन परिस्थितिमा रहेका
आश्रमका बालबालिकाको लागि खाद्यान्न र स्टेसनरी समेत दिएर जन्मदिन मनाए ।
नेपाल आयल निगमका प्रशासन प्रमुखसमेत रहेका गायक पोख्रेलले विगत १० वर्ष देखि
रचनात्मक काम गरेर जन्मदिन मनाउने गरेको बताए ।
सरकारी सेवाको शिलशिलामा करिव ८ वर्ष पोखरा बसेका उनले पोखराको बाल
आश्रमकमा आएर जन्मदिन मनाउन पाउँदा खुशी लागेको बताए । ‘पोखराको नाम सुन्दैमा
आनन्द लागेर आउँछ’ उनले भने- ‘जन्म दिनको खुशीयाली पोखराको बाल आश्रममा साटन
पाउँदा आफुलाई भाग्यमानी ठानेको छु ।’
उनले आगामि दिनमा पनि अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता
व्यक्त गरेका छन् । तारे होटलमा पैसा खर्च गरेर जन्म दिन मनाउन भन्दा पनि यसरी जन्म दिन
मनाउँदा मनमा आनन्द लाग्ने उनले सुनाए । ६ वटा एल्वम बजारमा ल्याएका उनले
बालबालिकालाई गीत समेत सुनाएका थिए ।
‘२०६३ सालमा स्थापना भएको बाल आश्रममा कठिन परिस्थितिका ३१ जना
बालबालिका रहेका छन् ।



0 comments:
Post a Comment