नेपालीहरुले दसैं मनाइरहेका छन् । तर, यसपटक भने दसैंमा नेपालीलाई इन्धन र ग्यास जोड्ने चपेटाले नै
हैरान बनाएको छ । सायद, यसैले पनि होला यसपटकको दसैंमा गतबर्षको जस्तो उमंग देखिएन । तर,
पनि नेपाली चलचित्रका कलाकारहरुले आफ्नो अविस्मरणिय दसैंलाई यसरी संझिएका छन् ।
अहिले पनि मलाई अरुले पीङ खेलेको देख्दा आङ सिरिङ्ग भएर आउँछ । डोरी पिङमा त म पनि
रमाइलो गर्छु । तर, रोटेपिङ सम्झदै कहाली लागेर आउँछ ।
मेरो घर तनँहुमा हरेक दसैंमा रोटे पिङ हाल्ने चलन थियो । हामीहरु साथी साथी मिलेर रोटेपिङ
खेल्न जान्थ्यौं । म १३ वर्षकी थिएँ । पीङ खेल्दा खेल्दै मेरो कपाल बेरियो । म जोडले चिच्याएर
रोएँ । हत्त न पत्त पिङ रोकेर मलाई पिङवाट ओराल्नु भयो ।
त्यो घटना म कहिल्यै बिर्सन्न । अहिले सम्झन्छु, तीस सेकेण्ड मात्रै ढिला भएको भए जे पनि हुन्थ्यो
।
मुगु बस्दा घर सम्झिँएः बेनिषा
पोहोर साल चलचित्र ‘कालोपोथी’ को सुटिङ गर्दा मुगुमै दसैं मनाएँ । सुटिङ युनिटमा संलग्न धेरै
साथीहरु रमाईला थिए तर, पनि घरको याद आउँदो रहेछ । म त चितवनको मान्छे । हाम्रो घरतिर
ठूलाले सानालाई टिका लगाएर आर्शिवाद दिने चलन हुन्छ । तर, मुगुतीर सबैले पालै पालो टिका
लगाईदिने चलन देखेर नौलो अनुभुती भएको थियो ।
आफ्नै फुपुलाई टाट बनाएँः नन्दीता केसी
हरेक वर्ष म दसैंमा घर अर्घाखाची नै जान्छु । प्राय यस्ता चाडमा हामी तास खेलेर रमाईलो गर्छौं ।
प्राय म फुपूसँग तास खेल्छु । तर, आजसम्म मलाई फुपुले जित्न सक्नु भएको छैन । हरेक वर्ष कम्तिमा
पनि दश हजार रुपैयाँ फुपुको पैसा मैले मारेकै हुन्छु । हामी घरमै म्यारिज खेल्छौं । उधारो हुन्न
हाताहाती खेल्ने चलन छ ।






0 comments:
Post a Comment