समीक्षा भइन् सुपर मोडल


सुपर मोडल कन्टेस्ट–२०१५ को उपाधि बसुन्धरा, काठमाडौंकी समीक्षा आचार्यले जितेकी छिन् । आइतबार सम्पन्न समारोहमा विभिन्न जिल्लाका ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै समीक्षाले मुख्य उपाधिसहित बेस्ट पर्सनालिटीको शीर्षक उपाधि पनि जितिन् । राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रममा निर्देशक दिनेश डिसी, हेयर स्टाइलिस्ट निलडेभिड कटुवाल, फेसन डिजाइनर विश्व गौतम, अभिनेता रेश मरहठ्ठा तथा अभिनेत्री नन्दिता केसीको निर्णायक मण्डलले समीक्षालाई २०१५ का लागि सुपर मोडल चयन गरेको हो । प्रतियोगितामा कीर्तिपुरको मच्छेगाउँकी एन्जिला मालाकारले फस्ट रनर्सअपका साथै मस्ट पञ्चुअल, मैतीदेवीकी जीना सिटौलाले सेकेन्ड रनर्सअपसहित बेस्ट डान्सर, बौद्धकी अनुशा राईले थर्ड रनर्सअपसहित मिस ट्यालेन्ट तथा हरिपुर, सर्लाहीकी पूजन कार्की फोर्थ रनर्सअपसहित ब्युटी विथ पर्पसको उपाधि जिते । प्रतियोगिताको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको थियो । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects