भारतले गरेको अघोषित नाकाबन्दी बिरुद्ध आज दिउँसो कलाकार,
साहित्यकारले शान्तिवाटिकामा प्रदर्शन गर्ने भएका छन् ।
‘पारबहन सुविधा हाम्रो हक हो, वैदेशिक हस्तक्षेप मान्दैनौं र सहमति
सद्भाव सहित राष्ट्रिय एकता कायम गरौं’ भन्ने नारा सहित कलाकर्मीले
प्रस्तुत गर्न लागेको कार्यक्रममा साहित्यकार एवं विभिन्न राजनीतिक
दलका युवा पुस्ताको नेताहरु समेत सहभागी हुने भएका छन् ।
‘भारतको हेपाहा प्रवृत्ति बिरुद्ध हाम्रो अभियानको सुरुवात हो ।’
कलाकार संघका अध्यक्ष नवल खड्काले भने ।
कार्यक्रममा रामेश, रायन, रामकृष्ण दुवाल, ब्याकुल माईला, मनोज गजुरेल,
दिपकराज गिरी, भुवन केसी लगायतका कालाकार एवं साहित्यकार
उपस्थित हुनेछन् ।
त्यस्तै शम्भु राई, रेश्मा सुनुवार, सत्यकला राई, टिका भण्डारी, किरण
केसी, प्रमोद खरेल लगायत अन्य प्रतिष्ठित कलाकार सहभागी हुने
कलाकार संघका अध्यक्ष नवल खड्काले बताए ।
कार्यक्रममा एमाले नेतृ रामकुमारी झाँक्री, कांग्रेस नेता गुरु घिमिरे
लगायत अन्य विद्यार्थी संगठनका पूर्व नेताहरुको उपस्थिती हुनेछ ।
सहभागीहरुले शान्तिवाटिकावाट राष्ट्रिय गीत गाउँदै मौन जुलुश
निकाल्ने भएका छन् ।



0 comments:
Post a Comment