वैशाख १२ मा गएको भूकम्पले सिंगै काठमाण्डौको उत्साह केही कम भएको महसुस गरेकी थिईन्
नायिका नम्रता श्रेष्ठले । प्राकृतिक विपत्तिलाई बिर्सदै भएपनि गाईजात्रा र तीजमा
मान्छेहरुले एक खालको उत्साह देखाएका थिए तर, एक महिना अघिको चमक अहिले बिलाएको
महसुुस उनले गर्न थालेकी छिन् ।
पछिल्लो समय इन्धन अभावको अनुभव गरेकी नम्रताले आफ्नो मात्रै नभएर आम नेपाली नागरिकको
दसैं खल्लो हुने धारणा राखिन् । ‘इन्धनको अभावले धेरैलाई निन्याउरो बनाएको छ ।’ उनले भनिन् ।
दसैंअघि नै ‘रामप्यारी’को सुटिङ सकेकी रेखा थापालाई सुटिङ सकेकोमा खासै आनन्द लागेको छैन
। सर्वसाधारणले इन्धन नपाएको चिन्ता गर्ने रेखाले यसपालीको दसैं नरमाईलो हुने धारणा राखिन्
।





0 comments:
Post a Comment