नजिककी सखी रीमा विश्वकर्माले रियल लाइफमा दुलाहा भेट्दा नायिका केकी
अधिकारीले रिल लाइफमा एकैपटक चारजना नायकसँग रोमान्स गरिन् । संगीतकार
चेतन सापकोटाले निर्माण गरेको चलचित्र ‘भाग सानी भाग’को एउटा गीतमा
नायिका अधिकारीले अघिल्लो पुस्ताका सरोज खनाल, रमेश उप्रेती, जीवन लुइँटेल
र सविन श्रेष्ठसँग एउटै गीतमा रोमान्टिक हुँदै नाचिन् ।
नवल नेपालको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘भाग सानी भाग’का नायक
सविन श्रेष्ठ हुन् । चलचित्रको उक्त गीतमा केकी विभिन्न नायकसँग रोमान्स
गरिरहेको कल्पना गर्छिन् र उनीहरूसँग रोमान्टिक गीत गाउँछिन् । ‘तिमी भन दिउँसै
तारा झारिदिन्छु’ गीतमा सरोज खनाल आफू नाचेको चर्चित गीत ‘वनमा फुल्यो
फूल’कै गेटअपमा देखिएका छन् ।



0 comments:
Post a Comment