ऱ्याप्ममा बियर र सुन्दरी


काठमाडौ — राजधानीबासीले गर्मी यामका बिभिन्न पहिरन
अवलोकन गर्ने र त्यसबारे जानकारी हासील गर्ने अवसर पाएका छन् ।
ठमेलको व्रिजल गार्डेन रेष्ट्रोमा शुक्रबार साँझ आयोजित ‘सानमिगल इन्ड अफ समर २०१५’
नामक भब्य फेसन टाइटमा सो अवसर मिलेको हो । फेसन र मोडलिङमा रौनकता थप्दै युवायुवतिको
यसप्रति चासो र रुचि जगाउँदै फेसन र मोडलिङमा युवायुवतीलाई प्रोत्साहन गर्ने
उदेश्यले नेक्स्ट मोडल्स नेपालले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा पुरुष तथा महिलाले लगाउने बिभिन्न डिजाइनका पहिरन मोडलहरुले ऱ्याम्पमा प्रस्तुत
गरेका थिए । कार्यक्रममा महिलाले लगाउने वान पिस देखी सारीसम्म र
पुरुषका टिसर्ट पाइट देखि सुट पिससम्म प्रस्तुत गरिएको थियो । निनम राई, प्रिया राई, रुपा
सुवेदी, राधिका सुवेदी, अनुष्का श्रेष्ठ, दिक्षा चौधरी,
रसी चौधरी, कल्पना गुरुङलगायत १० मोडलले महिलाको बिभिन्न पहिरन
प्रस्तुत गर्दा आसिस रोनियार ,रोहन धौबढेल,पुकार गौतम, रंधिर शाह,आनन्द सिंह, निराजन श्रेष्ठ,
नबिन न्यौपाने ,बिकी श्रेष्ठलगायत १२ मोडलले पुरुषका बिभिन्न डिजाइन सो गरेका थिए ।
रबि धमला र मनिष राउतको कोरियोग्राफि तथा सुजन लामा, आरती थापा, बिष्णु पौडेलका
पहिरनका डिजाइका साथ मोडलहरु ऱ्याम्पमा उत्रिएका थिए । ऱ्याम्पमा देखिएका सबै मोडल ‘मोडल
हण्ट नेपाल’ र ‘नेक्स्ट मोडल्स नेपाल’का उत्कृष्ट मोडलहरु थिए ।
गर्मी मौसममा बजारमा चलेका फेसनेवल ड्ेरस र नेपाली जगतमा भित्रिएको
ग्ल्यामरलाई फेसन सो मार्फत प्रस्तुत गर्नु कार्यक्रमको मख्य उदेश्य रहेको आयोजक
नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धवलाले बताए । कार्यक्रमले युवायुवतीमा
फेसन प्रतिको चासो जगाउदै फेसनको महत्व बुझाउने धमलाको भनाई रहेको छ ।
सानमिगल बियरले मुख्य प्रयोजक गरेको कार्यक्रम दि अडेप्टर ब्याण्डले बिभिन्न सांङ्गेतिक
धमाका पस्केको थियो । कार्यक्रमले मोडलिङ करियर बनाएका युवायुवतिहरुलाई आत्मनिर्भर बन्न
सहयोग मिलेको कार्यक्रम ंनिर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects