पूर्णिमालाई मिस नेशनल प्रिन्सेस


- साप्ताहिक संवाददाता
आश्विन १७, २०७२-
१८ जना प्रतिस्पर्धिलाई पाखा लगाउँदै पूर्णिमा रायमाझीले पहिलो
पटक आयोजना गरिएको ‘मिस नेशनल प्रिन्सेस–२०१५’ को उपाधी
जितेकी छिन् । पूर्णिमाले भविष्यमा चलचित्र अभिनेत्री बन्ने उदेश्य
लिएको बताएकी छिन् । उनी नृत्यमा समेत रुची राख्छिन् । शनिवार
काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा जस्मिन तामाङले फस्ट रनर्स
अप तथा बिनिता ओलीले सेकेण्ड रनर्स अपको उपाधी जित्न सफल भएका
छन् । जस्मिनले मिस क्याटवाकको उपाधी पनि जितिन् ।
साप्ताहिका प्रधानसम्पादक सुवास ढकालको प्रमुख आतिथ्यमा सम्पन्न
प्रतियोगितामा दीपा डंगोलले मिस पर्सनालिटीको शीर्षक उपाधी
जितिन् भने मुस्कान श्रेष्ठले बेस्ट स्माइलको उपाधी जितिन् ।
प्रतियोगितामा नुरानी महर्जनले बेस्ट ड्ेरस, सिमरन कार्कीले पिपुल्स
च्वाइस, निशा राईले मिस ब्युटिफूल, बंशु श्रेष्ठले बेस्ट हेयर तथा अष्मिता
ढुंगानाले मिस फोटोजेनिकको उपाधी जित्न सफल भइन् । आरके ईभेन्ट्सले
आयोजना गरेको यो प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समुहका
युवतीहरुले भाग लिएका थिए ।
परिचयात्मक चरणबाट प्रारम्भ भएको प्रतियोगिता पार्टि वेयर
सिक्वेन्सहुँदै अघि बढेको थियो । उक्त सिक्वेन्समार्फत बेस्ट ड्रेस उपाधी
विजेताको छनौट गरिएको थियो । त्यसपछिका पर्फर्मेन्स राउण्डमा
प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसक्रममा
निर्णायकले सबै प्रतिस्पर्धिहरुलाई एक–एक वटा प्रश्न सोधे ।
प्रतिस्पधीहरुले दिएको जवाफको आधारमा सेमिफाइनल चरणका लागि
उत्कृष्ट १० प्रतिस्पर्धिको छनौट गरियो । विजेता छनौटका लागि
सोधिएको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिँदै पूर्णिमाले उपाधी
कब्जा गरेकी हुन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects