आश्विन १७, २०७२- ‘हामी उठ्ने छौं’ अभियानद्वारा हङकङमा
पहिलोपटक सन्देशमूलक मनोरंजनात्मक कार्यक्रमको आयोजना गरियो ।
‘नितान्त फरक र विशेष’ भनिएको उक्त कार्यक्रममा भूषण दाहालले
नायक राजेश हमालसंग आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘फायरसाईड’
संचालन गरेका थिए । दर्शकको सामुन्ने भएको उक्त कार्यक्रम दर्शकले
नौलो मानेका थिए ।
नायक सरोज खनाल र सदाबहार नायिकाको उपमा पाएकी करिश्मा
मानन्धरले गीति नाटक ‘प्रियसीका यादहरू...’ मञ्चन गरेपछि कार्यक्रममा
बेग्लै रौनक थप्यो ।
हामी उठ्ने छौं अभियानमा नव–प्रतिभाका रुपमा छनौट भएकी १२
बर्षिया पूजा राना मगरले राष्ट्रिय भावनाले ओतप्रोत गीतमा प्रस्तुत
गरेको नृत्यले सुरुमै दर्शकको मन जितेको थियो । पछिल्लोसमय चलचित्र
निर्देशनमा समेत जमेका दिनेश डिसीको उद्घोषण कलाले दर्शकहरूले हाँस्य
आनन्द पाएका थिए ।
नाट्यकर्मीद्वय सरिता गिरी र सरोज खनालले प्रस्तुत गरेको ‘हाम्रो
आवाज’ नाटकले हङकङेली दर्शकलाई पटक–पटक भावुक बनायो । ‘एक
नेपाली जो जहाँ भएपनि’, भन्ने अभियानकै थिममा बोकेको नाटकले
मुलुकका लागि केही गर्नुपर्छ भन्ने सार बोकेको थियो ।
अभिनेत्री सुष्मा कार्कीले ‘हिमाललाई ढाक्यो कान्छा...’ बोलको
सालिन गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । दर्जनौं पटक कभर गीत बनेको
रेशम फिलिलिको पिरतीको छाता ओढौंन गितमा सोही चलचित्रका
नायक विनय श्रेष्ठ र नायिका मेनुका प्रधानले पहिलो पटक स्टेजमा
प्रस्तुती दिएका थिए । आफ्नो गीतमा दर्शकलाई नचाउन सक्ने क्षमता
राख्ने गायिका कोमल ओलीले केहीलाई स्टेजमै बोलाएर नचाईन् ।
गायक दीपक लिम्बूको ‘यहाँ देशको छ चिन्ता...’, गीतले दर्शकलाई भावुक
बनाएको थियो । ‘रातो टिका निधारमा टलक्कै टल्कियो...’, गीत
पृष्ठभूमिमा बज्यो । महानायक राजेश हमाल स्टेजको कुनाबाट फुक्त
निस्किए । उनीसँग कुम जोड्न आइपुगिन सरिता गिरी र सुष्मा कार्की ।
चर्को ताली र हुटिङले हल गुन्जाएमान भयो ।
हङकङ नेप्लिज् तेक्वान्दो एसोसियसनद्वारा आयोजित कार्यक्रममा
दर्शकको सहभागिता पनि विशेष रह्यो । सहभागी दर्शकले गुरुङ, राई,
लिम्बू, मगर, नेवार, तामाङ, शेर्पा लगायतका राष्ट्रियता झल्कने
पहिरनमा सहभागी भएका थिए भने भूतपूर्व बिट्रिस र भारतीय गोर्खाहरू
पनि एकैखाले पहिरनमा कार्यक्रम हेर्न सहभागि भएका थिए ।



0 comments:
Post a Comment