३८ सौं प्रधानमन्त्रीमा ओलीको उदय काठमाडौं २४, असोज ।


नेपालको ३८ अौं प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष एंव संसदिय दलका नेता केपी शर्मा
अोली निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित
गरेका हुन् ।
अोलीले तीन सय ३८ मत प्राप्त गरेर प्रधानमन्त्री बनेका हुन् । उनका प्रतिद्धन्द्धी कोइरालाले २४९
मत प्राप्त गरे । कुल ५८७ मत खसेको थियो । प्रधानमन्त्री बनेसँगै अोली नेपालको छैठौं कम्युनिष्ट
प्रधानमन्त्री बन्न सफल भएका छन् ।
ओलीलाई प्रधानमन्त्री बनाउन एमाआवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा मालेलगायतका दलले
समर्थन गरेका थिए। यसअघि प्रमुख दलबीच १६ बुँदे सहमति हुँदा संविधान जारी भएपछि एमाले
नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको नेताहरुले बताउँदै आएका थिए।
तर कांग्रेसले भने भद्र सहमति नभएको दाबी गर्दै प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति
सुशील कोइरालाले उम्मेदवारी दिएका थिए।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects