काठमाडौ । यसपालीको दसैं युरोपमा रहेका नेपालीको हातवाट टिका र जमरा लाएर मनाउने
योजनामा छन् गायक राजेश पायल राई । उनले विदेशमा दसैं मनाएको यो नै पहिलो पटक होईन ।
बिगतमा पनि पटक-पटक विदेशमा बस्ने नेपालीहरुसंग दसैं मनाएका छन् ।
‘विगतको तुलनामा यो वर्षको दसैं अलि विषेश हुन्छ ।’ अनलाइनखबरसंग कुरा गर्दै राईले भने ।
यसैपाली देसले नयाँ संविधान पायो । पहिलो पटक मुलुकलमा महिला सभामुख भईन् । यो सन्देशले
पनि विदेशमा बसेका धेरै नेपालीलाई खुसी बनाउने उनको भनाई थियो ।
यसपाली उनको युरोप टुर डेनमार्कवाट सुरु हुने भएको छ । त्यसपछि जर्मनी बेल्जियम लगायत बीस
भन्दा बढी मुलुकमा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सर्वाधिक चर्चामा रहेका गायक राई
पछिल्लो समय सर्वाधिक गीत गाउने गायकको सुचीमा पर्छन् । चलचित्रदेखि सोलो एल्बमहरुमा
समेत उनकै वर्चश्व कायम छ ।
सांगीतिक टुरकै शिलसिलमा विश्वका धेरै जसो मुलुक घुमी सकेका छन् उनले । युरोपका नेपालीहरुसंग
एक महिना बढी बिताउने योजनामा रेहेका राई त्यसपछि भने नेपालमै हुने छन् ।



0 comments:
Post a Comment