अधकट्टीलाई आफ्नै डिजाइन

आश्विन १९, २०७२-
बडादसैंको अवसर पारेर कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको सुव्रत
आचार्य निर्देशित हास्यप्रधान चलचित्र ‘अधकट्टी’ की नायिका
अशिष्मा नकर्मीलाई अचेल ‘कोकाकोला गर्ल’ उपनामले बोलाउन
थालिएको छ । चलचित्रमा समावेश प्रल्हाद तिमिल्सिना तथा
जोनिशा पौडेलको पाश्र्व गायनको ‘तिम्रो फिगर कोकाकोला’ गीत
अहिले जनजिब्रोमा झुन्डिएको छ । किरण माइकलको शब्द तथा वसन्त
सापकोटाको संगीतको उक्त गीतको लोकप्रियताले नायिका
अशिष्मालाई थप उत्साहित बनाएको छ । शायद त्यसैले हुनुपर्छ, यतिबेला
उनले चलचित्रको प्रचारका लागि बनाइएको ‘अधकट्टी’ को शीर्षक
लोगो अंकित टिसर्टलाई आफैंले डिजाइन गरेर स्टाइलिस बनाएकी छिन् ।
युट्युबमा टिसर्टलाई स्टाइलिस बनाउने भिडियो हेर्दै अधकट्टीको
टिसर्टलाई डिजाइन गरेको अशिष्माले बताएकी छिन् । प्रदीपकुमार
उदयको ‘अधकट्टी’ मा अशिष्मासहित गौरव पहाडी, प्रदीप बास्तोला,
रिस्ता बस्नेत, विल्सन विक्रम राई, गजित विष्ट आदि कलाकारले
अभिनय गरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects