परदेशीको प्रोमोसन


दसैंको अवसर पारेर कात्तिक ३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘परदेशी’ ले
सोमबार ४ वटा गीतको भिडियो सार्वजनिक गर्दै आक्रामक प्रमोसन
प्रारम्भ गरेको छ । लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश
आचार्यले चलचित्रका गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका
हुन् ।
बिबि अनुरागीको संगीत रहेको चलचित्र ‘परदेशी’ मा इन्डियन आइडल
प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का आदि कलाकारले अभिनय
गरेका छन् । विदेशी भूमिमा कमाउनका निम्ति जानेहरुको कथामा
निर्माण भएको यो चलचित्रलाई वरिष्ठ लोकसंगीतकर्मी नारायण
रायमाझीले निर्देशन गरेका हुन् । यसअघि रायमाझीकै निर्देशनमा
प्रशान्त तामाङलाई लिएर निर्माण भएको चलचित्र ‘गोर्खा पल्टन’
व्यवसायिक रुपमा सफल भएपछि भएपछि रायमाझीले ‘परदेशी’ मा पनि
प्रशान्तलाई नै हिरो बनाएर चलचित्र निर्माण गरेको बताए ।
अडियो भिडियो सार्वजनिक कार्यक्रममा नायक प्रशान्त पनि
उपस्थित थिए । पछिल्लो समय नयाँ दिल्ली बस्दै आएका उनले अब केही
समय नेपालमै बिताउने बताए । चलचित्र परदेशीको प्रबद्र्धनमा सक्रिय रहने
बताएका प्रशान्तले चलचित्र राम्रो बनेकाले सबैलाई हेरिदिन आग्रह गरे ।
कार्यक्रममा उनले गीत गाएर सुनाएका थिए । परदेशीको निर्माणमा
निर्देशक रायमाझीका अतिरिक्त संगीत उद्यमी राजेश बंशलले लगानी
गरेका छन् ।
‘चलचित्र परदेशीले पनि गोर्खापल्टन जस्तै दर्शकको माया पाउनेमा
विश्वस्त छौं’ निर्माता वंशलले भनें–‘यो आम नेपालीहरुको भोगाईको
विषयवस्तुमा बनेको छ, युवा नेपाली दाजुभाई एवं दिदी बहिनीको
व्यथामा आधारित छ । त्यसैले यसको विषयवस्तुले सबैको मन छुनेछ ।’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects