दर्जनौं चलचित्रका लेखक शिवम अधिकारीको डेब्यू निर्देशन रहेको
चलचित्र ‘सुश्री’ दसैंको अवसर पारेर प्रदर्शन हुने भएको छ । दसैंको
फूलपातीको साइत पारेर यो चलचित्र कात्तिक ३ गतेदेखि प्रदर्शन हुनेछ ।
स्क्रिप्ट लेखकका रुपमा सफल भएका अधिकारीले ‘सुश्री’ बाट
निर्देशकका रुपमा समेत स्थापित हुने अनुमान गरेका छन् । हास्य प्रधान यो
चलचित्रमा आर्यन सिग्देल, नायिका आशिका तामाङ, राजाराम
पौडेल, सुरवीना कार्की, विकास चापागाई आदि कलाकारले अभिनय
गरेका छन् । आफ्ना यसअघिका चलचित्रभन्दा सुश्री नौलो कथा तथा
प्रस्तुतिमा रहेको अभिनेता आर्यनले बताएका छन् । चलचित्रमा आर्यनले
पण्डितपुत्रको भूमिका निर्वाह गरेका छन् ।
निर्देशक अधिकारी यो चलचित्रले दर्शकलाई हसाउनुका साथै भावुक
समेत बनाउने दावी गर्छन् । आत्माराम थापा निर्माता रहेको यो
चलचित्रमा वसन्त सापकोटा र सुवास भुसालको संगीत छ । सुश्रीको
‘टेम्पोररी माया’ गीत अहिले चर्चामा छ । रामेश्वर कार्कीद्वारा
छायांकन गरिएको यो चलचित्रमा शंकर बिसीले नृत्य निर्देशन गरेका छन् ।
आशीका फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका वितरक
रोहीत कट्टेल र रत्न श्रेष्ठ हुन् ।



0 comments:
Post a Comment