अनिश र मोनालिसा बने रनवे मोडल नेपाल

सौन्दर्य प्रतियोगिताका फरक फरक स्वरुप मंचन हुने क्रममा मोडलिङ क्षेत्रमा
आफ्नो भविष्य खोज्ने युवा युवतीहरुमा लक्षित ‘रनवे मोडल नेपाल २०१५’ नामक
मोडल प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनको डबलीमा मंचन भएको सो प्रतियोगितामा ४०
जना युवायुवतीले प्रतिस्पर्धा गरेका थिए । केही फरक स्वरुप अंगाल्न खोजिएको
उक्त प्रतियोगितामा पुरुषतर्फ अनिश तामाङ र महिलातर्फ मोनालिशा
पराजुलीले मुख्य उपाधिमाथि आफ्नो नाम दर्ता गराउन सफल भए । यसैगरी
प्रशान्त लिम्बु र सृजना टमाटा फस्ट रनर अप तथा आशिक अन्सारी र कृति खरेल
सेकेन्ड रनर अप भए । विजेता बनेका अनिश फोटोजेनिक विधामा पनि उत्कृष्ट
ठहरिए भने महिला तर्फका विजेता मोनालिशाले ट्रेनिङ सेसन वेष्ट मोडल र मोस्ट
स्टाइलिश विधाको अवार्ड हात पार्न सफल भइन् ।
उक्त प्रतियोगितामा प्रकाश सिंह विष्ट र निष्ठा सिन्या रनवे ह्यान्डसम किङ र
ब्युटीफुल क्वीन, विवेक श्रेष्ठ र निशा श्रेष्ठ वेष्ट र्याम्प वाक, रितेश रनपाल र सृजना
टमाटा मोष्ट ट्यालेन्टेड अवार्डका विजयी बनेका थिए । यसैगरी यश राणा र
कल्पना गुरुङ वेष्ट ड्रेसिङ सेन्स, सुनिल गुरुङ र श्रेया मानन्धर वेष्ट पर्सनालिटी,
अनिश तामाङ सरु महत मोष्ट फोटोजेनिक तथा विकेन्द्र पुरी र कृति खरेल मोष्ट
पपुलर विधामा विजयी चयन भएका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects